काभ्रेपलाञ्चोकमा आज (आइतबार) देखि निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको हो ।
वैशाख १९ गते राति १२ बजेदेखि वैशाख २६ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने जनाइएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाइने छैन । सबै प्रकारका गोष्ठी, भेला, जुलुस, सभा–सम्मेलन, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लरलगायत सञ्चालनमा रोक लगाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments