भक्तपुर अस्पतालमा सोमबार कोरोनाका कारण एक बेहुलीको मृत्यु भएको छ। २३ बर्षिया युवती श्रेष्ठको मृत्यु भएको हो।
आरएनए १६ का संयोजक अरुण सैजूले सोमबार दिउसो २ बजे उनको मृत्यु भएको बताए। भक्तपुर अस्पतालको आइसोलेसनमा राखेको बेहुलीको सामान्य स्वास फेर्न समस्या भएपछि उनलाई आइसीयुमा रउपचार भइरहेको उनले सुनाए। विवाहमा होसियारी अपनाउन नसक्दा यो दुर्घटना भएको उनले बताए। आफन्तलाई कोरोना नलागेसम्म  कोरोना केही होइन भनी नबसौं, उनले आग्रह गरे। अहिले कोरोना लागेको खण्डमा आइसियुमा राख्नुपर्ने विरामी छ भने आइसियू नै नभएको उनी बताउँछन। त्यसैले अति आवश्यक परेको खण्डमा मात्र स्वास्थ्य मापदण्ड अपनाएर घर बाहिर निस्कन अनुरोध गरे।
भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमले बेलुहीलाई बचाउन खोज्दा पनि नसकेकोमा दुख व्यक्त गरे। अहिलेको यो नयाँ भेरियन्ट एकदम भयानक रहेको मेसु गौतम बताउँछिन। अहिले यो भेरियन्टले सबै उमेरका व्यक्तिहरुलाई लागेको छ, उनले भने। सबैलाई त्यतिकै रोगले सताएको उनी बताउँछन। त्यसैले कोरोनालाई हेरचेक्राई नगरी सुरक्षित भएर घर बस्न उनले आग्रह गरिन। हाल अस्पतालमा ५६ जना संक्रमित उपचारत रहेको गौतमले बताइन्। सबैजनालाई अक्सिजन दिनुपर्ने विरामीहरु रहेको उनी बताउँछिन।
श्रेष्ठको विवाह भएको १० दिन मृत्यु भएको जनाएको छ। उनको विवाह बैशाख १२ गते विवाह भएको थियो। उनको परिवारका धेरैलाई कोरोना संक्रमण भएको जनाएको छ।...

All Comments.......


Please Login/Register To Comments