एरोसानहव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२०अन्तरगतविज्ञान, प्रविधि र नविनता९ग्लष्तभम ल्बतष्यलक क्अष्भलअभस त्भअजलययिनथ ७ क्ष्ललयखबतष्यल ९ग्ल् क्त्क्ष्० अबिि ायच क्ष्ललयखबतष्यलक ०पुरस्कारबाट  स्मार्ट नमुना सार्वजनिकशौचालयकालागि पुरस्कृत भएको छ । संयुक्त राष्ट्र संघको मे ५, २०२१ मा हुनगईरहेको भर्चुअल सम्मेलनमा एरोसानलाई आफ्नो नमुनाशौचालयको प्रस्तुतीदिन आमन्त्रण गरिएको छ । उक्तकार्यक्रममा एरोसानको नेतृत्वगर्दै एरोसान सस्टेनेवल स्यानीटेसन नेपालकाकार्यकारी प्रमुखप्रकाशअमात्यको सहभागिताजनाउनु हुनेछ ।

एरोसानले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामानयाँ स्मार्ट शौचालय र भएका  पुराना सार्वजनिकशौचालयको पुनःनिर्माण गरि अत्याधुनिकशौचालयमा रुपान्तरण गरि रत्नपार्क, नयाँबानेश्वर, बुद्धपार्क र मंगलबजारमा गरि हाल ४ वटा नमुनाशार्वजनिकशौचालय संचालनमाल्याईसकेको छ भने त्रिपुरेश्वर र पाटन ढोकामायहीवर्ष बाट संचालनमाल्याउने उद्देश्यका साथनिर्माण कार्य भईरहेछ ।

एरोसानहवद्वारा संचालितयी सार्वजनिकशौचालयअत्याधुनिक, स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री र समुदायमाआधारित रहेको छ । उक्तशौचालयहरुमामहिलाहरुको लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड किन्ने व्यवस्थागरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनकालागि प्याड जलाउने मेसिनपनि जडान गरिएको छ रबालबालिकाहरुको डाइपर परिवर्तन गर्ने स्थानपनिउक्तशौचालयहरुमाउपलब्ध रहेको छ । यस शौचालयमा सरसफाईका लागिआकाशे पानी संकलन गरि प्रयोग गरिएको छ । उक्तशौचालयबाट निस्कासित ठोस तथा तरल फोहोरलाई ढलमा नफालीउर्जाको रुपमावाँयोग्यास निर्माण गरिएको छ भने फोहोर पानीलाई प्रशोधन गरि पुनःप्रयोग गरिएको छ । एरोसानले निर्माण गरेको सार्वजनिकशौचालयहरु सरसफाईको क्षेत्रमादिगो सामाजिकउद्यमनमुनाको रुपमा रहेको छ जसले निम्नतथामध्यमआयश्रोत भएको समुदायविशेष गरि अपाङ्गतथा पिछडिएको समुदायकालागि सम्मानको रोजगारी उपलब्ध गराएको छ ।
‘‘एरोसानहवले निर्माण गरेको शौचालयहरु नेपालमासार्वजनिकशौचालयनिर्माणका लागिनमुनाकार्यक्रमको रुपमा रहेको छ । सरसफाई क्षेत्रको चुनौतीलाई आत्मसाथगर्दै एरोसानले सूचनाप्रविधि रव्यवसायिकनीतिअपनाई सार्वजनिकशौचालयनिर्माणमा विशेषज्ञता हासिल गरेको छ । एरोसानले शौचालय संचालक, गैर सरकारी संस्था, सीमान्तकृत समुह र नेपाल सरकारसँग हातेमालो गर्दै महिलातथाबालबालिका र अपाङ्गहरुलाई मध्यनजर गदै आवश्यक डिजाइन तयारपारी उचितप्रविधि र सुचनामुलकपोस्टरहरु पनिआफ्नो शौचालयहरुमाप्रयोग गरेको छ भने फोहरलाई मोहरमा परिणत गर्न वायोग्याँसलाई आफ्नो डिजाईनमा अटाएको छ । शौचालयलाई अत्याधुनिकरुपमानिर्माण गरि उत्पादितवयोग्याँसको सदुपयोग गर्दै यसको दिगो संचालनकालागिक्याफे संचालनमाल्याएकोे छ ।’’ एरोसान, नेपालकाप्रतिनिधिप्रकाशअमात्यले भन्नुभयो ।
‘‘समाजमा सरसफाईकर्मीहरुलाई सम्मानको दृष्टिले हेरिने गरेको पाइदैन । त्यस माथिपनि सार्वजनिकशौचालयका सरसफाईकर्मीहरुलाई अपहेलित गर्ने गरेको पाइन्छ । सरसफाई समाजकालागिनिक्कै महत्वपूर्ण भएतापनि सफाईको कामलाई समाजले सम्मान गरेको पाइदैन ।’’ उहाँले भन्नुभयो ।
काठमाडौंउपत्यका क्षेत्र भित्रकामहानगरपालिका र नगरपालिकामाएरोसान संस्थाले ५० वटा महिला मैत्री, अपाङ्ग मैत्री, पहुँचयुक्त सार्वजनिकशौचालयको निर्माण गर्ने उद्देश्य लिएको छ जसले सरसफाईकर्मीहरुलाई सम्मानजनक रोजगारीको अवसर प्रदान गर्नेछ । मे ५बुधबारका दिनहुने संयुक्त राष्ट्रसंघको सम्मेलनमा २०२० र २०२१ माभएको विभिन्ननविन्तमकार्यहरुलाई अगाडी ल्याउने छ । यस कार्यक्रममा एरोसानले विभिन्ननीतीनिर्माता, गैरसरकारी संस्था, अन्तराष्ट्रिय दाताहरु, शिक्षाविद, निजीउद्यमी र आविस्कारकहरुसँग जोडिने अवसर प्राप्त गर्नृुका साथै निर्माण भएर संचालनमाआएका र निर्माणाधिन अत्याधुनिक सार्वजनिकशौचालयहरुको बारेमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नेछ ।
...

All Comments.......


Please Login/Register To Comments