भक्तपुर नगरपालिकाको सातौं नगरसभा आजबाट सुरू
- Post Date 2020-06-21 09:57:46
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको सातौं नगरसभा आइतबारबाट सुरु भयो ।
सभामा नगर प्रमुख प्रजापतिले संघ र प्रदेशबाट विनियोजित बजेटको आधारमा भक्तपुर नगरपालिकाको आगामी बजेटको खाका तयार हुने बताउनुहुँदै स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले भक्तपुर नगरपालिकाको लागि प्रस्तुत गरेको घोषणापत्र अनुरुप अगाडि बढ्ने बताउनुभयो ।
नीति तथा कार्यक्रममाथि छलफलको लागि नगरसभाको अर्को बैठक असार ९ गते दिनको ११ः०० बजे बस्ने गरी बैठक सम्पन्न भयो ।
...
All Comments.......
Please Login/Register To Comments