सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीस्थित विद्युत प्राधिकरणको संरचनामा कोभिड अस्पताल संचालन गर्ने भएको छ । यस अघि क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाइएको सो क्षेत्रमा सरकारले कोभिड विशेष अस्पताल नै संचालन गर्न लागेको हो ।

बुधवार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सरोकारवाला मन्त्रालयका सचिव सहित बसेको बैठकले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रलाई आइसियु बेडसहितको कोभिड विशेष अस्पताल बनाइ सञ्चालनमा ल्याउन निर्णय गरिएको बताइएको छ ।

मुख्यसचिव वैरागीको अध्यक्षतामा बसेको बैठकबाट दुई दर्जन बढी निर्णयहरू भएका र त्यसमध्ये खरिपाटीमा आइसियु बेडसहितको कोभिड विशेष अस्पताल बनाइ सञ्चालनमा ल्याउन निर्णय समेत गरिएको सहभागी एक सचिवले भक्तपुर पोस्टलाई जानकारी गराए ।

चीनको वुहानमा फैलिएको नोभेल कोरोना भाइरस (कोभेड १९) को महामारी पछि नेपाल फर्काइएका १ सय ७५ जना नेपालीलाई सरकारले खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा रहेका सबैजनालाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम राखिएको थियो । मेडिकल डाक्टरको विशेष टोलीले उनीहरुमाथि निगरानी गरेको थियो । विद्युत प्राधिकरणको चारवटा भवन प्रयोग गरी बनाइएको क्वारेन्टाइनमा सिसिक्यामरा, टेलिभिजन, स्पीकर, वाइपÞmाइ जडान गरिएको छ । यहाँ खुला र पर्याप्त क्षेत्र रहेकाले पछिल्लों समय बागमती प्रदेश सरकारले यसलाई भक्तपुर अस्पतालको व्यवस्थापनमा आइसोलेसन सेन्टर समेतका रुपमा प्रयोग गरिसकेको छ ।

कोरोना भाइरसको दोश्रो लहरसंगै अस्पतालहरु संक्रमितबाट भरिन थालेपछि सरकारले यसपटक यसलाई कोभिड अस्पतालकै रुपमा रुपान्तरण गर्दै संचालनमा ल्याउन लागेको हो ।...

All Comments.......


Please Login/Register To Comments