भक्तपुर सूनपा–४ दधिकोटको अरनिको आवास क्षेत्रभित्र एक वृद्धले आज विष सेवन गरि आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा साविक ओखलढुङ्गा जिल्ला घर भई केहि वर्षदेखि दधिकोटमा बस्दै आएका ८१ वर्षीय भोलाराम नेपाल रहेको प्रहरीले जानकारी दिएको छ।
छोराबुहारीसंगै दधिकोटमा बस्दै आएका ति वृद्ध बिहान बुहारीले खाना खान धेरै पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि संगै जोडिएको अर्को घरको कौसीबाट चढेर हेर्दा उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए। साथै उनी सुत्ने कोठाको झ्याल बाहिर फालिएको अवस्थामा विषादिको एउटा बोटल पनि फेला परेको छ। उनले आत्महत्या गर्नुको कारण खुलेको छैन। प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ।...

All Comments.......


Please Login/Register To Comments