भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनमा बर्ष २८ अंक १६ र २०७७ बैशाख २१ गते मंगलवार प्रकाशित श्रमिक साप्ताहिकको अन्तरक्रिया जुम मार्फत शुक्रवार सम्पन्न भयो ।
उक्त कार्यक्रमका अतिथि नेमकिपा भनसका उपेन्द्र सुवालले एमाले दुईतिहाईको सरकार भएर पनि पद र पैसा कै लागि नेताहरुले काम गर्दा देशको राजनीति अन्यौल अवस्थामा पुगेको बताउनुभयो । उहाँले सत्तामा पुगेर ठेक्कापट्टा, कमिशन खाएर चुनाव जितेकोका कारण र पछि पनि चुनावको लागि कमिशन र भष्ट्राचार गरेकै कारण देश र जनताको हितमा काम गर्न नसकेको र भष्ट्राचारी, कमिशनखोर र डन गुण्डागर्डी गर्नेहरुलाई कार्यवाही गर्न नसक्दा पूँजीपति वर्गको हितमा काम भएको बताउनु भयो । उहाँले सिद्धान्त छोड्नु भनेको हिमालमा चिप्लेटि खेल्नु जस्तै भएको भन्दै पार्टीमा डन, गुण्डा, मण्डले, भष्ट्राचारी, ठेकेदार सबै हुल्याएपछि राजनीति यस्तै हुने भएकोले राजनीतिक दलहरुले बेलैमा सोच विचार पु¥याउनु पर्ने बताउनुभयो । उहाँले कोभिड १९ को महामारीले आक्रान्त भएको बेला सरकारका आउरेबाउरेहरु कमिशनको खेलले जनताले उपचार र खोप नपाएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मजदुर दिवसको आवश्यकता बोध र हाम्रो देशमा मजदुरहरुलाई श्रम शोषण विरुद्ध संघर्ष गरी श्रमिक जनताको पक्ष आन्दोलन गर्न सबै जनता उठ्नुपर्ने बताउनुभयो ।
कार्यक्रम भनपा ९ दत्तात्रय समितिका अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा भारतमा कोभिड १९ महामारी जनता भन्दा नाफा अगाडि भने जयती घोषको लेख बारे बोल्नु भएको थियो भने सचिव रामकृष्ण प्रजापतिले कोभिड १९ ः भारतको भयावह स्थिति र चीनको सहयोग भने प्रज्ज्वलको लेख बारे बोल्नु भएको थियो । त्यस्तै ‘भूत’ले शासन गरेको देश जस्तै भयो हाम्रो नेपाल । भने रामरतन चौधरीको लेख बारे कृष्णगोपाल गाईजूले र संक्रमितको उपचारका लागि तीनै तहको सरकार अस्पताल निर्माणमा लाग्नुपर्छ भने पाठक पत्रमा आ–आफ्नो प्रस्तुति राख्नु भएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments