भक्तपुर । भक्तपुर प्रहरीले अक्सिनज ग्यासको प्रयोग भइरहेको विभिन्न ठाउँंहरुबाट खाली तथा भरिएका अक्सिजन ग्यास शिलिण्डर संकलन गरी विभिन्न अस्पतालहरुमा वितरण गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लाको वडा एरियामा अस्पताल (स्वास्थ्य क्षेत्र) देखि बाहेक अक्सिजनको प्रयोग भइरहेको उद्योग, कल कारखाना, कवाडी संकलन केन्द्रसमेतमा रहेको त्यस्ता अक्सिजनका खाली तथा भरी सिलिण्डरहरु महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृतहरुबाट संकलन र वितरण गर्ने कार्य भइरहेको जनाएको छ । परिसरका सूचना अधिकृत दीपक गिरीका अनुसार यसरी संकलित अक्सिजनका सिलिण्डरहरु  भक्तपुर ईन्टरनेशनल अस्पताल लोकन्थली भक्तपुरमा उपचार भइरहेका बिरामीहरुले प्रयोग गरिरहेको अक्सिजन सकिएको र अस्पतालमा मौज्दात नभएको जानकारी बिरामीहरुका आफन्तहरुबाट जानकारी प्राप्त हुनासाथ तत्कालै भरी १२ थान अक्सिजन सिलिण्डर पठाइएको जनाए । साथै भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल भक्तपुर, अल्का अस्पताल ललितपुरसमेतमा भरपाई गरी संकलित अक्सिजनका सिलिण्डरहरु बितरण गरिएको उनले जनाए । अन्य ग्यास सिलिण्डरहरुको पनि खोजतलास गर्ने कार्य जारी रहेको जनाइएको छ ।
कोरोना भाईरसको महामारी फैलिरहेको र दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको, संक्रमित बिरामीहरुको चाप अस्पतालमा बढ्दै गएको र अस्पतालमा बेड भर्ना भएर उपचार गराईरहेका बिरामीहरुलाई उपचारका लागी अक्सिजनको सहयोग आवश्यक भइरहेकोमा अस्पतालहरुमा सहयोग पुगोस भनी यस्तो काम गरिएको परिसरले जनाएको छ । अक्सिजनको अभावले बिरामीहरुको उपचारमा कठिनाई भएको अवस्थालाई हृदयंगम गरी यो कामलाई जारी राख्ने परिसरले जनाएको छ ।
...

All Comments.......


Please Login/Register To Comments