अनिल फोजू
यतिवेला गाउँ वस्ती सबै त्रसित अवस्थमा छ । कोरोना भाइरसका कारण विश्व नै आक्रन्त भएको छ । यतिबेला किसानहरु पनि कोरोना भाइरसको कारण त्रसित मात्र नभएर चिन्तामा परेको छ ।

देशमा लकडाउन निषेधाज्ञा कायम छ । मानिसहरुलाई घर बाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ । तर यसले किसानहरु झन् चिन्तित देखिन्छ   ।

यो वैशाख महिना । अलि धेरै गर्मि हुँने समय । वर्ष भरि किसानले मेहेनत गरि फलाएको गहुँ बाली भित्र्याउन समय । खेतमा गहुँ पाक्ने समय । झम्झम पानि संगै असिना चिन्तित छ यतिबेला किसानहरु । यो समयमा किसानहरुलाई कोरोनाको भन्दा पनि पाकिसकेको गहुँ घर भित्र भित्र्याउन पो नसकिने हो कि भनेर चिन्त लागेको छ ।

देश लकडाउनमा रहँदा काठमाडौं उपत्यकाका अधिकाशं खेतमा लगाइएको गहुँ बाली भित्र्याउन किसानहरुलाई चिन्ता बढ्न थालेको हो । यो समय किसानहरु खेतमा व्यस्त हुँने समय पनि हो । धानको बीउ राख्न हतारो भइसकेको छ तर यस्तो समयमा किसानहरु खेतसम्म पुग्न सक्ने अवस्था छैन । खेतमा गहुँ पाकिसकेर झर्ने बेला भइसकेको छ । काठमाडौं उपत्यका गहुँ उत्पादनको लागि राम्रो ठाउँ मानिन्छ । यहाँ बाट उत्पादित गहुँले उपत्यकाकामा केहि मात्रामा भनेपनि गहुँमा आत्मनिर्भर देखिन्छ ।

देशमा नयाँ कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ६० वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । किसानहरु घर बाहिर निस्कन नपाएपछि खानकै निम्ति चिन्त पो हुने हो कि भनि दुखेसो पोख्दै छ ।

त्यस्तै , काठमाडौं उपत्यकाका अधिकाशं खेत संगै घर हुँनेहरुले गहुँ भित्र्याउने क्रम जारी छ । मानिसको भेला नगर भनेपनि किसानको काममा मानिसको भिड नभइ नहुँने काम भएकोेले मानिको भिडमा नै किसानहरुले गहुँ कात्न सुरु गरेको हो । यस्तो अवस्था किसानहरुले माक्स भने अनिबार्य लगाएको छ ।

काम छिटो सकाउन थेसरको प्रयोग तर छ्वालीको भने नाश
यतिबेला गहुँ कातिसकेपछि काम छिटो तरिकाले सकाउन थेसरको प्रयोग भएको छ । यसबाट काम छिटो सकिनुका साथै अति नै सहज भएकोले किसानहरुले उक्त थेसर मिसिनको प्रयोग गरेको हो । तर यसबाट भने छ्वालीको विनाश गरेको छ ।
छ्वाली विशेष गरि घरको छानो हाल्न, चुलोमा आँगो बाल्न समेत प्रयोग गरिन्छ । अचेल यहाँ छ्वाली पाउनै गाह्रो भइसकेको छ
...

All Comments.......


Please Login/Register To Comments