काठमाडौँ । चैत २५ पछि कोविडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई कोविड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्राका लागि हुने जेठ २ गतेदेखिको अभियानमा काठमाडौँ महानगरपालिकाले सहभागी नगराउने भएको छ । जनस्वास्थ्य विभागले आज वडा क्लिनिक इञ्चार्जहरुसँग अनलाइन बैठक गर्दै भनेको छ, यी व्यक्तिहरुका विषयमा फेरि निर्णय हुनेछ । अहिलेको भ्याक्सिन चैत २५ देखि बैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका र त्यसपछि कोविडको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो । यसैगरी परीक्षण गरेर एकिन नभएका तर कोविडका लक्षण देखिएका व्यक्तिलाई पनि दोस्रो डोज खोप दिइनेछैन । विभागका प्रमुख हरिबहादुर कुँवरले भन्नुभयो, ‘माथिल्ला निकायबाट निर्देशनबमोजिम हामी खोप सञ्चालन गछौँ । यसैविच केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ । 
जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने कोविड विरुद्धको खोप, भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौँ महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ । खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना खोपकर्ता बराबर ३ जना स्वयमसेवक परिचालन हुनेछन् । पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दोस्रो मात्रा लगाउने दिन तोकिएको छ । तोकिएका व्यक्तिले तोकिएको दिनमा आफू निजको खोप केन्द्रबाट खोप सेवा लिन सक्नेछन् । तपाईहरुले यसैबमोजिम जनप्रतिनिधि, वडा र सम्बन्धितसँग समन्वय गर्नुहोला । विभागले क्लिनिक इञ्जार्चहरुलाई व्यवस्थापनका लागि अनुरोध गरेको छ । खोप अभियानका लागि क्लिनिक इञ्चार्जहरुलाई खोप समन्वयकर्ताका रुपमा जिम्मेवारी तोकिएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार गएको (०७७) चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो । यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन् । 
दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दास्रो खोप दिइनेछ । यसै गरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ । 
बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।
बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ । यी दिनहरुमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो ।
खोप केन्द्रमा   

...

All Comments.......


Please Login/Register To Comments