स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ को खोपको दोस्रो मात्रा जेठ २ गतेदेखि अर्थात आजदेखि लगाउने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गर्नुभएको छ ।
गत चैत २५ देखि २८ गतेसम्म खोप लगाएकाले जेठ २, चैत २९ र ३० गते लगाएकाले जेठ ३, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ तथा वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ । यस्तै वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८, वैशाख १३ गते लगाएकाले जेठ ९, वैशाख १४ गते लगाएकाले जेठ १० र वैशाख १५ गते लगाएकालाई जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।
चिनियाँ साइनोफर्मको खोप सुरक्षित तथा प्रभावकारी–डब्लुएचओ
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले चिनियाँ साइनोफर्मको कोभिड–१९ विरूद्धको खोपको क्लिनिकल डाटाको मूल्याङ्कन गरी खोपको प्रभावकारिता र सुरक्षालाई मान्यता दिएको छ । डब्लुएचओले जनवरी र फेब्रुअरीमा खोपको उत्पादनको निरीक्षण गरेको थियो । उत्पादन प्रक्रिया विशिष्ट रहेको बताइएको छ ।
१० तारिख आयोजित कोभिड–१९सम्बन्धी नियमित पत्रकार सम्मेलनमा डब्लुएचओका सहायक महाप्रबन्धक मारियान्गेला सिमाओले उक्त जानकारी दिनुभएको हो ।
डब्लुएचको रोग प्रतिरोध, खोप तथा जीवविज्ञान विभागका निर्देशक केट ओब्रायनका अनुसार, गम्भीर बिरामी र मृत्युबाट बचाउन चिनियाँ साइनोफर्मको खोप ज्यादै प्रभावकारी छ । यो खोप दुई डोज लगाउनुपर्छ ।...

All Comments.......


Please Login/Register To Comments