यस अवसरमा नेपालमा मातृभाषा पत्रकारिताको विकासको लागि अनवरत क्रियाशील पत्रकार सम्बद्ध संस्था, अग्रज पत्रकारदेखि आजसम्म क्रियाशील पत्रकारहरु र यसलाई प्रत्यक्ष र परोक्ष योगदान पु¥याउने सबैप्रति नेवाः पत्रकार राष्ट्रिय दबू उच्च सम्मान व्यक्त गर्दछौं ।
नेपाल संवत् १०४५ अर्थात् विसं १९८२ सालको बुद्धजयन्तीको दिन नेपाल भाषाको माध्यमबाट पहिलो पत्रिका बुद्ध धर्म प्रकाशित भएको थियो ।भाषानुरागी श्री धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले भारतको कलकत्तामा प्रकाशित सो पत्रिका नेपालकै नागरिकले मातृभाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिलेसम्मको तथ्य र प्रमाणले देखाउ“छ।यही तथ्यलाई मध्यनजर गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको समन्वयमा उहा“ धर्मादित्य धर्माचार्यको जन्मदिन बुद्धजयन्तीको अघिल्लो दिनलाई विगत ६ वर्षदेखि मातृभाषा पत्रकारिता दिवसको रुपमा मनाउन थालिएको सबैमा विदित नै छ।
हरेक दिन बुद्ध जयन्तीको अघिल्लो दिन पुल्चोकस्थित धर्मादित्य धर्माचार्यको सालिकमा माल्याअर्पण गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ अन्तर्गत सम्पूर्ण पत्रकार सम्बद्ध संस्थाहरु, नेपाल पत्रकार महासंघ, मधेशी पत्रकार समाज , दलित पत्रकार संघ लगायत विभिन्न पत्रकार सम्बद्ध संस्थाका प्रतिनिधिहरुको समेत सहभागितामा नेपालमा मातृभाषा पत्रकारिताको इतिहास, अहिलेको अवस्था र यसको प्रवद्र्धनका लागि राज्यले गर्नुपर्ने कार्यहरुको विषयमा बृहत बहस र छलफल गर्दै आएको सबैलाई सम्झना रहेकै विषय हो।
नेपालको पत्रकारितालाई समावेशी र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको बृहतर अभ्यासको लागि मातृभाषाको पत्रकारिताको अहंम भूमिका र महत्व रहेको छ ।अहिलेसम्म राज्यको साथ र सहयोग भन्दा पनि भाषिक चेत र संवेदना , पत्रकारहरुको  लगनशीलता र समुदायको इच्छाशक्ति र सीमित सहयोगका बाबजुढ मातृभाषाको पत्रकारिताको इतिहास सय वर्षको नजिक पुग्नु आदिवासी जनजातिमात्र नभई सबैका लागि गौरवको विषय हो ।
२०७५ जेठ २ गते बुधबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संयोजनमा सम्पन्न पहिलो मातृभाषा पत्रकारिता सम्मेलनले मातृभाषा पत्रकारिता दिवसलाई बृहत रुपमा मनाउ“दै जाने निर्णय गरेको थियो ।गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित बहुभाषिक पृष्ठका संयोजक  समेत गरी २६ भाषाका पत्रकारिताको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत र बृहत छलफल पछि जारी घोषणा पत्र मातृभाषाको पत्रकारिताको विकासको दिशामा कोशे ढुं∙ा साबित भएको छ ।
सो घोषणापत्रको मर्म र भावना अनुरुप नेवाः पत्रकार राष्ट्रिय दबूले र आदिवासी जनजाति पत्रकार महासंघसंग मिलेर काम गर्दै आएकोमा आजको अवसरमा सो घोषणापत्रमा उल्लेखित विषयमा फेरी पनि राज्यको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । साथैं सम्बद्धको सबै एकताबद्ध र सहकार्य गरी अघि बढनुपर्ने खा“चोलाई पनि स्मरण गर्न चाहन्छौं ।
बहुजातीय, बहुभाषिक र बहुधार्मिक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा प्रवेश गरिसकेको नेपाललाई समावेशी, सहभागितामूलक र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित जातीय विविधताले युक्त जीवन्त राष्ट्रका रूपमा अगाडि बढाउन सञ्चार माध्यम पूर्ण समावेशी हुनुपर्ने र त्यसको महत्वपूर्ण आधारका रूपमा आदिवासी जनजाति समुदायबीच अभ्यासमा रहेको मातृभाषा पत्रकारितालाई थप सशक्त, उपलब्धिमूलक, व्यावसायिक र सिर्जनशील बनाउन बहुभाषिक पत्रकारिताका लागि समावेशी सञ्चार नीतिको अविलम्ब कार्यान्वयन गर्दै जानुपर्ने खा“चो रहेको छ ।
हाल गोरखापत्र दैनिकले अभ्यास गर्दै आएको बहुभाषिक पत्रकारितालाई समावेशी पत्रकारिताको एउटा नमूनाका रूपमा लिएर प्रत्येक प्रदेशको जनसंख्या, भाषा, सांस्कृतिक बाहुल्यताका आधारमा मातृभाषी सञ्चारकर्मीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुका साथै सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिता गर्दै आएका जनशक्तिको पेशागत सुनिश्चितता कायम गर्नुपर्ने आवश्यकता रहेको छ ।
राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने र राज्यले प्रदान गर्ने पुरस्कार मातृभाषको पत्रकारहरुलाई दिनुपर्ने माग गर्न चाहन्छौं । मातृभाषा पत्रकारिताको विकासले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्चतम अभ्यास गराउने र नेपाली पत्रकारिताको परिभाषालाई व्यापकता प्रदान गर्ने छ ।
मातृभाषाको पत्रकारिताको अहिले सम्म अभ्यास, त्यसबारे छलफल, भेला, गोष्ठीमा उठाइएका विचारको संश्लेषण गरेर भन्ने हो भने मातृभाषा पत्रकारिताको विकासको लागि उदार लोकतान्त्रिक व्यवस्था मात्र पर्याप्त नभएको यस पत्रकार राष्ट्रिय दबूको नीष्कर्ष रहेको छ । २०४६ सालको प्रजातन्त्र पुनःस्थापनादेखि आज लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था सम्मको कालखण्डमा मातृभाषाको पत्रकारिताको अभ्यासबाट निकालिएको नीष्कर्ष हो ।मातृभाषाको पत्रकारिताको लागि प्रेस स्वतन्त्रता, वाक तथा अभिव्यक्ति स्वतन्त्रता नभई नहुने तत्व हो, तर पर्याप्त भने होइन । मातृभाषाको पत्रकारिताको लागि सबै जातजाति, भाषाभाषीको उचित प्रतिनिधित्व, पहिचान र आत्मसम्मान हुने संघीय व्यवस्था हुनुपर्ने आवश्यकता रहेको छ ।यसको फुल्ने र फल्ने अवस्था निर्माण गराउन आजको दिनबाट सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्दछौं । कोरोना जोखिमका कारण यस वर्षको औपचारिक सभा समारोह नहुने र भर्चुल बैठक मार्फत कार्यक्रम हुने पनि जानकारी गराउ“दछौं ।...

All Comments.......


Please Login/Register To Comments