भक्तपुर । आन्तरिक कलहका कारण भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले यसवर्ष पनि बजेट ल्याउन सकेन । नगरपालिकाले गतवर्ष पनि समयमै वजेट ल्याउन सकेको थिएन ।
नगरपालिकाको बुधबार भएको चौथो नगर सभा उदघाटन कार्यक्रमको पनि नगरपालिकाकी उपमेयर अन्जनादेवी मधिकर्मी दुई जना वडाअध्यक्षसहित २१ जना कार्यपालिका सदस्यहरुले बहिष्कार गरे । उपमेयरसहित मध्यपुर थिमि नगरपालिका वडा नं २ का वडा अध्यक्ष राम थापा मगर र वडा नं ३ का वडाअध्यक्ष प्रेम कुटुसहित कार्यपालिका सदस्यहरुले नगर परिषद् वहिष्कार गरेका थिए । नगरपरिषद नै बैधता नभएको संयुक्त विज्ञप्ति प्रकाशित गरी उनीहरुले परिषद् वहिष्कार गरेका थिए ।
स्थानीय निकायको रुपमा नगरपालिकामा भएको निर्वाचनमा मेयर तत्कालिन एमालेबाट विजयी भएका थिए । उपमेयरसहित धेरै वडा अध्यक्षहरु नेपाली काँंग्रेसबाट विजयी भएका थिए । नगर परिषद्को बैठक वहिष्कार गर्ने उपमेयर र दुवै वडा अध्यक्ष काँंग्रेसबाट विजयी भएका थिए ।
नगर परिषद् वहिष्कार गर्ने र सहभागी हुने विषयमा नेपाली काँंग्रेसबाट नगरपालिकामा निर्वाचित प्रतिनिधिहरु नै दुई खेमामा विभाजित भए । नेपाली काँंग्रेसबाट विजयी उपमेयरसहित दुई वडा अध्यक्षले परिषद् वहिष्कार गरे भने काँंग्रेसबाटै विजयी धेरै वडाअध्यक्षसहित वडा सदस्यहरु नगरपरिषद्मा सहभागी भए । उता नेपाल मजदुर किसान पार्टीबाट विजयी वडा अध्यक्ष र नगर सदस्यहरु पनि परिषद्मा सहभागी रहे ।
भक्तपुर चार वटा नगरपालिकाहरु छन् । भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका तीन वटै नगरपालिकाहरुले समयमै बजेट ल्याउन सके पनि आन्तरिक विवादका कारण मध्यपुर थिमि नगरपालिकाले बजेट ल्याउन नसकेको हो । यो नगरपालिकाले गतवर्ष पनि आन्तरिक विवादकै कारण समयमै वजेट सार्वजनिक गर्न सकेको थिएन ।
...

All Comments.......


Please Login/Register To Comments