भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न सर्वाधिक रकम इट्टा व्यवसायी संघ भक्तपुरकोतर्फबाट ५० लाख प्राप्त भएको छ । इट्टा व्यवसायी संघ भक्तपुरले ५० लाख रुपैया प्रकोप व्यवस्थापन कोषमा प्रदान गरेको हो । संघका अध्यक्ष नातिभाई हयोम्वाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सोमबार उक्त रकम हस्तान्तरण गरेको हो । संकटको यो घडीमा आफ्नो पेशा व्यवसाय पनि संकटमा रहेतापनि नगरपालिकाको आह्वानलाई स्वीकार गर्दै सामाजिक उत्तरदायित्व बहन गरी सहयोग प्रदान गरिएको अध्यक्ष हेम्बाले बताए ।
सहयोग ग्रहण गर्दै नगर प्रमुख सुनिल प्रजापतिले विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण प्रभावित भक्तपुरलाई मानवीय क्षती हुनबाट बचाउन नगरपालिकाले गरेका प्रयासहरुबारे प्रष्ट पारे । संघीय सरकारले भक्तपुरलाई सौतेनी व्यवहार गरेपनि जनताको साथ् सहयोगले काममा उत्साह मिलेको भन्दै उनले कोभिडलाई परास्त गर्न सकिने बिश्वास व्यक्त गरे । उक्त अवसरमा नगर उपप्रमुख, वडाध्यक्ष, इट्टा व्यवसायी लागायतको उपस्थिति रहेको थियो ।
इट्टा व्यवसायीको सहयोगसंगै भक्तपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा २ साता नपुग्दै रु ३ करोड २० लाख ८२ हजार २४४ जम्मा भएको छ । देशमा स्थानीय सरकार प्रति स्थानीय आकर्षित र बिस्वस्त बन्न नसकिरहेको अवस्थामा भक्तपुर नगरपालिकालाई प्राप्त सहयोग हेर्दा उदाहरणीय मान्न सकिन्छ । यसले जननिर्वाचित संस्थाप्रति जनताको विश्वासको प्रतिनिधित्व गरेको छ ।
आगामी दिनमा भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं। ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन समेत नगरपालिकाले अनुरोध गरेको छ ।
...

All Comments.......


Please Login/Register To Comments