काभ्रे – एमाले काभ्रेको जिल्ला कमिटि सदस्य युवा संघ काभ्रेको पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य, २०५४ सालमै जिविस क्षेत्रीय सदस्य, चौरीदेउराली गाउँपालिकाको एमालेको गाउँपालिका अध्यक्ष लेखराज गौतमको कोरोना संक्रमणको कारणले सोमबार ओम अस्पतालमा निधन भएको छ । दुई साताअघि अक्सिजन लेभल घटेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । एक सातादेखि अवस्था नाजूक भएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सुरुमा आइसियुमा राखेर गरिएको उपचार हुन नसकेपछि उहाँलाई भेन्टिलेटरमा सारिएको थियो ।
काभ्रेको चौरीदेउरालीका स्थायी बासिन्दा गौतम सो भेगमा मात्रै नभएर जिल्लामै लोकप्रिय युवा नेताको रुपमा चिनिनु भएको थियो । श्रीमती दुई छोरा र दुई छोरी भएका गौतमको निधनले काभ्रेको सिंगो कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको एमाले काभ्रेका नेता दीपक गौतमले बताउनुभयो ।
किशोर अवस्था देखिनै पाटीको कार्यमा कृयाशिल रहँदै जनताको सुखदुखमा साथ दिने नेताको अवसानले काभ्रेको सिंगो वामपन्थी आन्दोलन र कोशीपारि क्षेत्रलाई अपुरणीय क्षति पुगेको गौतमले बताउनुभयो ।...

All Comments.......


Please Login/Register To Comments