भक्तपुर । नेपाल स्काउट जिल्ला स्काउटको कार्यालय भक्तपुरले शुक्रबार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रहरी प्रमुखको पदभाार सम्हाल्न आएका नयाँं प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाको स्वागतमा एक कार्यक्रम गरेको छ । स्काउटका जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले ढाकाको खादा र फुलमाला अर्पण गर्दै नयाँं एसपी थापालाई स्वागत गरेका थिए ।

कार्यक्रममा स्काउटका पूर्ब राष्ट्रिय तालिम आयुक्त एबं एभरेष्ट ईगलिश स्कुल भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारी, मध्यपुर, भक्तपुर र सूर्यबिनायक नगरपालिकाका स्थानीय स्काउट आयुक्तहरु हरिबहादुर श्रेष्ठ, कृृष्णसुन्दर प्रजापति र कबिन्द्रमान राजभण्डारीलगायत जिल्ला स्काउटका पदाधिकारी अन्य स्काउट लिडरहरुको उपस्थिति रहेको थियोे ।


...

All Comments.......


Please Login/Register To Comments