काठमाडौं । जल, स्थल र वायू मण्डलमा प्रभावपारिरहेको रसायनजन्य प्रदुषणले निम्त्याएको जनस्वास्थ्यमा पर्ने असरप्रतिध्यानाकर्षण गराउदै यस बर्षको विश्ववातावरण दिवस २०२१ ‘‘प्रारिस्थिक प्रणालीको पुनःस्थापना(भ्अयकथकतझ च्भकतयचबतष्यलं)’’भन्ने मुल नारालाई आत्मसाथगर्दै सम्बन्धित सरकारी निकाय, विद्यार्थी शिक्षक, व्यवसायजन्य सुरक्षा क्षेत्रकाबिशेषज्ञ, पत्रकार तथाविभिन्नवातावरण अभियन्ता र संरक्षणकर्ताहरुको सहभागितातथावनतथावातावरण मन्त्रालयका सह–सचिवडा. बुद्धी सागर पौडेलकोप्रमुखअतिथ्यतातथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. शुनिलबाबु श्रेष्ठको विशेष आतिथ्यता रविश्व स्वास्थ्य संगठनका अधिकृत राजारामपोते श्रेष्ठको सहभागितामागैरसरकारी संस्थागुथि, जनस्वास्थ्यतथावातावरण प्रवद्र्धन केन्द्र (सिफेड) र वातावरण विभाग, ख्वपकलेजको संयुक्तआयोजनामा रसायन सुरक्षा, वातावरण र प्रारिस्थिक प्रणालीको पुनःस्थापना (ऋजझष्अब िक्बाभतथ, भ्लखष्चयलmभलत बलम भ्अयकथकतझ च्भकतयचबतष्यलं)  विषयकअनलाईन कार्यशालागोष्ठी सम्पन्नभयो ।
कार्यक्रममा बोल्दै  नेपाल विज्ञान तथा प्रज्ञा प्रष्ठिानका उपकुलपति डा.शुनिलबाबुश्रेष्ठले ६० प्रतिशतभन्दा बढी जनसंख्याशहरमा बसोवास गर्ने र प्रदुषणको श्रोत शहर केन्द्रीत रहेकोले वातावरणीय संरक्षण र सुरक्षाको लागिनविनतम र दिगो प्रयास तथाउपायहरुलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । शहरी प्रदुषणमा मानवजन्यमलमुत्रहरुको प्रमुखभूमिकारहने विभिन्नतथ्याङकले देखाएको र यस्ता बस्तीहरुमानिर्माण भएकाशौचालयर सार्वजनिकस्थानमा रहेका शौचालयहरुलाईवातावरणीय र दिगो प्रकारले व्यवस्थापन गर्न सकिन्छ भन्ने एरोसानको प्रस्तुतीकरणको प्रसंसा गर्दै यसलाई प्रर्वद्धन गर्नुपर्ने र स्थानियपालिकाहरुमा सार्वजनिकशौचालयको दिगो व्यवस्थापन र संरक्षणको लागी  अनुसरण गरी विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । ‘‘काठमाण्डौं उपत्यकामा २० बर्ष अगाडि सम्म खेतीयोग्यउर्वरा जमिन रहेको स्मरण गर्नु हुँदै वातावरण विनासले ल्याएको परिवर्तन सगै खाद्य सुरक्षामाआएको संकटलाई टार्न कौसी खेती एक भरपर्दो उपायभएको तर्फ इंगित गर्नुहुँदै यसलाई वातावरणीय पूनःस्थापनाको लागि रणनितीको रुपमा अगाडी बढाउनु पर्छ ।’’ उनले भने ।  
‘‘कोभिड १९ महामारीको समयमा अस्पतालतथासार्वजनिक स्थानकाशौचालयहरुको सरसफाईमा विशेष ध्याननप¥ुयाउने हो भने कुनै पनि समयमा यस्ता महामारी फैलाउनसार्वजनिकशौचालयप्रतिकुलहुन सक्दछ ।’’एरोसानका राष्ट्र्रिय प्रतिनिधिप्रकाशअमात्यले भन्नुभयो ।
‘‘सफाशौचालयलाई प्राथमिक्तामा नराख्ने हो भने रोगको केन्द्रविन्दु शौचालयबन्न सक्दछ । हामीले अहिले बुझिसकेका छौ सरसफाई कति महत्वपूर्ण छ र यस महामारीको समयमा स्वास्थ्य सेवामाजस्तै हाम्रो शौचालयमापनीलगानी गर्नुपर्ने सही समय आइसकेको छ ।’’ सरसफाई विशेषज्ञप्रकाशअमात्यले भन्नूभयो । साथै शौचालयजन्यमानवमलमूत्रले वातावरण प्रदूषणमा निकै नकारात्मक रसायणीक प्रदूषण उल्लेख्य रुपमा गरेको छ ।सहरीकरण संगै जनसंख्या बढेको तर राजधानीमा सार्वजनिकशौचालयको अभाव र यसको उचितव्यवस्थापनको कमीले वातावरण र जनस्वास्थमानिकै असर परेको पाइन्छ । यसको समाधानको रुपमाहालउपत्यकाको  ३ स्थानमा  स्वास्थकर र वातावरणमैत्री सार्वजनिकशौचालय संचालनमा एरोसानहवले ल्याएको जानकारी राष्ट्रिय प्रतिनिअमात्यले  दिनुभयो । उक्तशौचालयहरुमाआकासे पानी संकलनप्रविधि, वायो ग्यास, फोहोर पानी प्रसोधनविधि जस्ता सुविधाका कारण स्वच्छ वातावरणमा टेवापुर्याउनाका साथ पिछडिएको वर्गलाई रोजगारीको अवसर प्रदानभएको जानकारी प्रस्तुतीकरणमा दिनुभयो। एरोसानहवशौचालयले अवलम्बन गरेको वातावरणीय सरसफाईको नमुनालाई  प्रत्येक घर परिवारले अनुसरण गरी त्यहाँबाट उत्पादनभएको पूनःप्रयोगियपानी र मललाई कौसीखेतीमाप्रयोग गर्न सकिने उदाहरण दिदै यसले खाद्यचक्र र वातवरण संरक्षणमा दिगो योगदानदिन सक्ने कुरालाई चर्चा गर्नुभयो ।
काठमाण्डौ उपत्यकामाप्राचिन समय देखि विभिन्नधातुका मुर्तिहरुमापारोमा आधारित विधिबाट सुनको जलपलगाउने प्रचलन रहेको छ । नेपाल सरकारले मर्करी महासन्धिमा हस्ताक्षर गरेको ७वर्ष वितिसक्दापनियहि विधिबाट धातुकामर्तिहरु बनाइन्छ । जनस्वास्थ्यतथावातावरण प्रवद्र्धन केन्द्रकाकार्यकारी निर्देशकतथावातावरण बैज्ञानिक रामचरित्र साहको अध्ययनमाउहाँले धातुका मुर्तिहरु बनाउने क्रममाहावा, पानी, माटो तथाकामदारहरुको शरीरमा मर्करीको अवशेष पाएको बताउनु भयो । कार्यक्रममा प्रस्तुतीगर्दै साहले दक्षिण एशियामै सबै भन्दापहिले नेपालमा ब्रेक शु र क्लच प्लेट बाहेक सबै प्रकारका ऐस्वेस्टस र  ऐस्वेस्टसयूक्त बस्तुहरुको २०७१ सालमै पुर्णतयाप्रतिबन्धलगाएतापनीअझै १० प्रतिशत मेकानिकहरुलाई यस विषयमाजानकारी नभएको र यसकाआयातका कारण स्वास्थ्यजन्य समस्या र वातावरणमा प्रदुषणहुदै आएको जानकारी पनीदिनुभयो ।
कार्यक्रममा प्रस्तुतीदिदै ख्वपकलेजकारुविना सुवालले  नेपालीबालबालिकाहरुले औधी रुचाउने विभिन्न १५ ब्राण्डका चाउचाउमा लेड (सिसा)को  मात्रापाएको जानकरी दिनुभयो । उहाँले विश्व स्वास्थ संस्थाले लेडको  मात्रा ०.०२५मिलिग्राम पर के.जी. सम्म मात्रहुन पर्ने भनेतापनी नेपालमापाइने चाउचाउमा  लिड (सिसा)को  मात्रा  १.६९८१ मिलिग्राम पर के.जी. सम्म पाइएको छ भन्दै निरन्तर शेवनगर्दा बालबालिकाहरुमा दिर्घकालिनरुपमै शारीरीक, मानसिक र बौधिक असर देखिने जानकारी दिनुभयो ।
सफेडका कार्यक्रमअधिकृत सुमिनमहर्जनको अध्ययनअनुसार काठमाण्डौ उपत्यकाको ठिमी, खोकना, कीर्तीपुर, हरिसिद्धि र कालिमाटि तरकारीमाविषादीकामात्रा बडेको बताए ।यस क्षेत्रमाउतपादन, आयात, विक्रिवितरण र उपभोग हुदै आएको २० प्रकारका तरकारीहरुको प्रयोगशाला परीक्षण गर्दा विषादीहरुको अत्यधिकअवशेष पाईरहेका र यसको प्रयोजनबाट स्वास्थ्य र वातावरणीय समस्याहरु उत्पन्नहुन देखिएको प्रस्तुतीकरण महर्जनले दिनुभयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुद्धी सागर पौडेलले आजको दिनमाविश्व भरी हावा , पानी, रुखकौ विषयमा छलफल भइरहेको समयमावातावरणमा रहेका रासायन एक महत्वपुर्ण विषय रहेको र विभागले पनि यस विषयमाविभिन्न अनुसन्धान गरी रहेको र यस कार्यक्रमको निश्कर्षलाई  आगामी अनुसन्धानहरुमाप्रयोग गर्ने बताउनु भयो ।...

All Comments.......


Please Login/Register To Comments