शब्दयात्रा प्रकाशन बनेपाको सहहीकरणमा शब्दयात्रा प्रकाशन, सम्पर्क केन्द्र भक्तपुरले यही जेठ २२ गते शनिबार भर्चुअल जुमका माध्यमबाट भारतवर्ष र हिन्दुस्थानका बारेमा एक व्यापक छलफल कार्यक्रम सम्पन्न ग¥यो । भारतवर्ष र हिन्दुस्थान शब्दले वर्तमानको कुन कुन स्थानलाई चिनाउँछ, यसको प्राचीन क्षेत्र कहाँ कहाँ र कति थियो र अहिले भ्रमवश सीमित क्षेत्रलाई मात्र बुझिने गरिएको विषयमा विस्तृत अन्तक्र्रिया गरियो ।

विषयवस्तुका बारेमा शब्दयात्रा प्रकाशन, बनेपाका अध्यक्ष हरि मञ्जुश्रीले विस्तारमा प्रकाश पार्नुभयो । उहाँको प्रस्तुतिलाई आधार मानेर उपस्थित विद्वत् व्यक्तित्वहरूले सो विषयमा प्रकाश पार्नुभयो । विषयप्रस्तोता हरि मञ्जुश्रीले भारतवर्ष भनेको अहिलेको भारत (इन्डिया) राज्य होइन, यो त पौराणिक भरत राजाले राज्य गरेको विशाल क्षेत्र थियो, अहिलेको भारत निर्माण हुनुअघि नै नेपालको निर्माण भइसकेको र भारतवर्षको केन्द्र नेपाल रहेको बताउनुभयो । यसै विचारमा सहमति जनाउँदै वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले बैदिक नक्साको प्रदर्शनसहित चर्चा गर्दै यस्ता गम्भीर विषयमा वैज्ञानिक अनुसन्धानको विस्तृत आवशयकता औँल्याउनुभयो । डा इन्दुल केसीको अध्यक्षता र जीवनाथ अधिकारीको सञ्चालित उक्त कार्यक्र पदम दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने पुराना वरिष्ठ प्रशासक चन्द्रमान प्रधान ८५,

पशुपतिमान पःमा, वरिष्ठ लोकगायक  मच्छेश्वर सापकोटा, पत्रकार शिव बन्जारा, साधुराम गिरी, सुनिल सापकोटा, निर्मला श्रेष्ठ, नवीना श्रेष्ठ, बिरजा घिमिरे, लालबहादुर भुजेल, प्रजापति तिमिल्सिना, पूर्णबहादुर कार्की, पुण्यवती घल,े पदम दाहाल, जीवनाथ अधिकारी, राजेन्द्र कोजू, कृष्ष्ण किसी, सीमान्त शिल्पकारलगायतका सहभागीहरूले आफ्नो विचार प्रकट गर्नुभएको थियो  ।






यस कार्यक्रमको प्रतिवेदन तयार पार्न पदम दाहाल, सुनिल सापकोटा र शिव बन्जारा रहनुभएको एक प्रतिवेदननिर्माण समिति पनि बनाइएको थियो, जसले कार्यक्रमको उपादेयता, सबल पक्ष तथा सुधार सुधार गनुपर्ने पक्ष औँल्याउँदै भावी कार्यक्रमका निर्देशसहित यथाशीघ्र प्रतिवेदन तयार पार्ने जिम्मेवारी सुम्पिएको छ ।
यस प्रकारका गम्भीर विषयमा थप कार्यक्रम गरी राष्ट्रिय स्तरमै उठान गर्नुपर्ने र अझ विशिष्ट विज्ञको सहयोगले अलमलमा परेका कुराहरूको निक्र्यौल निकाल्नुपर्ने निष्कर्ष उक्त छलफल कार्यक्रमबाट निकालिएको थियो । अन्तमा सभापति डा इन्दुल केसीले निकट भविष्यमै यससम्बन्धी अझ विस्तृत कार्यक्रम गरिने जानकारी गराउनुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments