भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठले एक समारोह बीच भक्तपुर नगरपालिकाका मेयर श्री सुनिल प्रजापति तथा उपमेयर श्री रजनी जोशी समक्ष नगरपालिकाले व्यवस्था गरेको आईसोलेसन केन्द्र र ज्म्ग् सञ्चालनको लागि अक्सिजन प्लान्ट तथा स्वास्थ्य उपकरणको व्यवस्था गर्न खडा गरिएको प्रकोप व्यवस्थापन कोषको लागि नगद रु २००,००० । तथा आइसोलेसन केन्द्रका लागि रु ४५०,००० । बराबरको अक्सिजन कन्सन्ट्रटर ३ थान हस्तान्तरण गर्नु भयो ।

उक्त अवसरमा भक्तपुर नगरपालिकाका मेयर श्री सुनिल प्रजापतिले संघको सहयोग तथा सदभावका लागि धन्यवाद दिनुहुँदै विश्वव्यापीरुपमा फैलिएको महामारी संग जुध्न सबै एकजुट भई लाग्नु पर्ने कुरा बताउनु भयो ।

सोही अवसरमा अध्यक्ष श्री प्रदिप श्रेष्ठले महामारीको समयमा यहाँका नगरबासीहरुको जीवन रक्षाको लागि तथा कोभिड १९ को प्रकोप नियन्त्रण गर्न भक्तपुर नगरपलिकाको भूमिका तथा अक्सिजन प्लान्ट, ज्म्ग् सञ्चालनको प्रयासको सराहना गर्नु भयो । साथै वहाँले भक्तपुर नगरपालिकाको प्रयासमा संघ हरदम हातेमालो गरी अघि बढ्ने विश्वास दिलाउनु भयो । संघका कार्यसमिति सदस्यहरु तथा साधारण सदस्यहरुले समेत स्वस्फूर्त रुपमा सक्दो सहयोग पु¥याएको बताउनु भयो । वहाँले भक्तपुर उद्योग वाणिज्य संघले आगामी दिनहरुमा पनि भक्तपुर नगरपालिकालाई यसरी नै सक्दो सहयोग गर्दै जाने कुरा बताउनु भयो ।

उक्त अवसरमा संघका निबर्तमान अध्यक्ष श्री राम प्रसाद प्रजापति, बरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धर, उपाध्यक्ष कृष्ण मुरारी न्यौपाने, महासचिव श्री रोशनी मैंया धौबञ्जा, कार्य समति सदस्य श्री सचिन्द्र प्रधानाङ्ग, श्री विश्व राम दुवाल, तथा श्री रञ्जित मारिखुको उपस्थिति रहेको थियो ।

भक्तपुर उद्योग वाणिज्य संघलाई अक्सिजन कन्सन्ट्रेटरहरु जोया फाउण्डेशन काठमाण्डौको सौजन्यबाट प्राप्त भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments