भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठले संघको तर्फबाट चाँगुनारायण नगरपालिका  तथा सूर्यविनायक नगरपालिकालाई २ । २ थान अक्सिजन कन्सन्ट्र«ेटर हस्तान्तरण गर्नु भयो । ती अक्सिजन कन्सन्ट्रेटरहरु नगरपालिकाहरुले सञ्चालन गरेको आईसोलेसन केन्द्रमा उपचारार्थ भर्ना भएका विरामीहरुलाई आकष्मिक रुपमा अक्सिजन आवश्यक परेको खण्डमा सहज ढंगबाट तत्काल अक्सिजन उपलब्ध गराउन उपयोगी हुनेछ ।
दुई अलग अलग कार्यक्रमहरुमा चाँगुनारायण नगरपालिकाका मेयर श्री सोम प्रसाद मिश्र तथा सुर्यविनायक नगरपालिकाका मेयर श्री बासुदेव थापाले उक्त कन्सन्ट्र«ेटरहरु ग्रहण गर्नु भएको थियो । कोभिड १९ को महमारीले ल्याएको संकटसीत जुध्न भक्तपुर उद्योग वाणिज्य संघको सहयोगले मद्दत र राहत मिलेको कुरा दुवै नगरपालिकाका मेयरहरुले बताउनु भयो । संघको सहयोग तथा सदभावका लागि वहाहरुले धन्यवाद दिनुहुँदै विश्वव्यापीरुपमा फैलिएको महामारी संग जुध्न यस किसिमका सहयोगले थप हौसला मिलेको कुरा पनि बताउनु भयो ।
सोही अवसरमा अध्यक्ष श्री प्रदिप श्रेष्ठले महामारीको समयमा यहाँका नगरबासीहरुको जीवन रक्षाको लागि तथा कोभिड १९ को प्रकोप नियन्त्रण गर्न नगरपलिकाहरुले खेलेको भूमिका तथा आइसोलेसन केन्द्रको समयमै प्रभावकारी सञ्चालनले यहाँका स्थानीय जनताको स्वास्थ्यमा परेको सकारात्मक प्रभावको सराहना गर्नु भयो । वहाँले भक्तपुर उद्योग वाणिज्य संघले आगामी दिनहरुमा पनि स्थानीय नगरपालिकाहरुलाई यसरी नै सक्दो सहयोग गर्दै जाने कुरा राख्नु भयो ।
उक्त अवसरमा संघका बरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धर, उपाध्यक्ष कृष्ण मुरारी न्यौपाने, महासचिव श्री रोशनी मैंया धौबञ्जा, कार्य समति सदस्य श्री विश्व राम दुवाल, र श्री सचिन्द्र प्रधानाङ्गको पनि उपस्थिति रहेको थियो ।
भक्तपुर उद्योग वाणिज्य संघलाई अक्सिजन कन्सन्ट्रेटरहरु जोया फाउण्डेशन काठमाण्डौको सौजन्यबाट प्राप्त भएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments