१) सर्वप्रथम  यो छलफल कार्यक्रमको शुरूवातमा आसन ग्रहण पछी  डा. इन्दुलकेसीज्यू ले कार्यक्रमको अध्यक्षता ग्रहण गरि  छलफल पछी सहभागीहरु बाट  आउने  महत्वपूर्ण  बिचारहरु लाई  एउटा  सानो प्रतिवेदन बनाइ अभिलेख राखिने बिचार  प्रकट गर्नु भएको थियो।  त्यसपछि  कार्यक्रमका   सबै  सहभागीहरुले आ – आफ्नो छोटो परिचय दिनु भएको थियो।
२) त्यसपछि सो कार्यक्रममा  कवि एवं  साहित्यकार पदम दाहालज्यू ले प्रस्तुत छलफल  “ भारत बर्ष र हिन्दुस्थान “ भन्ने शिर्षकको विषय  र उक्त  बिषयका प्रस्तुतकर्ता हरि मन्जुश्रीको बारेमा मा छोटो जानकारी दिनु भएको थियो। श्री हरि मन्जुश्रीज्यू ले आफ्नो फेशबुकमा कतिपय लाई  भारत बर्ष र हिन्दुस्थान एउटै लागेको हुने हुँदा  सो न सम्झी यो फरक फरक बिषय हो भन्ने कुरा राख्नु भएकाले भक्तपुरका साहित्यकार डा. इन्दुल केसीले यो बिषय महत्वपूर्ण भएकाले यसलाई एउटा रास्ट्रिय बहसको बिषय बनाइ  छलफलमा लग्नु पर्ने कुरा उठान गर्नु भएको हुँदा यो बिषय लाई जुमको आयोजना द्वारा  अन्तरक्रियामा आज लगिएको हो भन्ने   कुरा आफ्नो मन्तव्यमा प्रकट गर्नु भएको थियो। त्यसपछि वहाँले उपस्थित सबै सहभागी साथिहरु लाई स्वागत गर्दै   संस्थाको तर्फ बाट धन्यवाद ज्ञापन गर्नु भएको थियो। अनि कार्यक्रमको  अन्त्यतिर कार्यक्रम संचालकले पदम सर लाई आफ्नो केही कुराहरु छ भने राख्न अनुरोध गर्दा  पुनः वहाँले यो बिषय लाई रास्ट्रिय बहसको बिषय बनाउनु पर्छ भन्नू भएको थियो।
३) त्यसपछि सो महत्वपूर्ण  बिषयका प्रस्तोता श्री  हरि मन्जुश्रीज्यू ले आफ्नो मन्तव्य प्रकट गर्ने क्रममा  आफू सङ  भएका पुराना पुस्तक र  पत्रीकाहरु , संस्कृतका   साहित्यहरु  र  पुराणहरु , अध्ययन गर्दा   महाभारत , रामायण , भागवत आदिको सबै  कथाहरु र घटनाहरु  अहिलेको भारत  भित्र  न भएर  हिमवत खण्डको  अहिलेको नेपाल  भूगोल भित्रका घटेका इतिहासहरु  हुन भन्नू भएको थियो। अनि हिन्दुस्तान भनेको अहिलेको भारत न भएर नेपाल हो भन्नू भएको थियो। आफ्नो  मन्तव्यकै क्रममा वहाँले  आफुले श्रीमद्भागवतको अध्ययन गर्दै जाँदा जड भरत भन्ने पात्र हाम्रो म्याग्दी जिल्लाको हुनु हुदोरहेछ भन्ने कुरा पत्ता लाग्यो भन्नू भएको थियो। अनि त्यस्तै वहाँले “ हिन्दुस्तान “ र   “ हिन्दुस्थान “ दुई  शब्दहरुको अर्थ प्रष्टयाउँदै असली हिन्दुहरुको स्थान चाहिँ हिमालयको शिखर माला ( हिन्द कुश पर्वत ) अफगानिस्तान देखी पूर्वको भुटान हुँदै पश्चिममा इन्दु सरोवर  ( चन्द्र ताल ) रहेको ठाउँ दक्षिणमा मिथिला प्रदेश जहाँ हाम्रा  प्रसिद्ध ऋषि  याज्ञवल्क र अन्य  ऋषि मुनिहरु बस्ने ठाउँ ,  हुँदै भारतको हिमान्चल प्रदेश देखि बिध्यान्चल पर्वत सम्मको  ठुलो  भूभाग चाहिँ हिन्दुस्थान रहेको  हुँदा  त्यो बेला हिन्दुस्थानको क्षेत्रफल २४०० किलो मिटर देखिन्छ पनि भन्नू भयो। त्यो भन्दा पल्लो पट्टिको क्षेत्रमा त यवनहरु को मुलुक थियो भन्नू भयो।  स्तान भनेको उर्दू शब्द हो र येस्ले सानो भूभाग लाई जनाउछ भन्नू भयो।  त्यसैगरी वहाँले रास्ट्र भन्दा स्थान सानो ठाउँ हो भन्नू भयो। त्यसैले हिन्दुस्थान भनेको अहिलेको भारत होइन भन्नू भयो। ब्रिटि शहरुले भारत लाई हिन्दुस्तान भनेर सम्बोधन गरेकाले हिन्दुस्थान भनिएको मात्र हो , तर त्यो सच्चा हिन्दुस्थान होइन  , नेपाल चाहिँ सच्चा हिन्दुस्तान हो भनु भयो। अनि  पृथ्वीनारायण शाहको भनाइहरु राख्दै पृथ्वीनारायण शाहले त्यसै नेपाल हिन्दुस्थान हो भनेको रहेनछ भन्नू भयो। यसैक्रममा वहाँले प्रचिनकालको चक्रवर्ति राजा भरतले  त्यो बेला सानो सानो राज्यहरु लाई  बिजय गरेर  शासन चलाएकाले नेपाल लाई  गल्तिले  भारतको एउटा खण्ड भनिन गएको हो ।तर त्यो बेला  वास्तवमा नेपाल एउटा  स्वतन्त्र रास्ट्र थियो  कसैको मातहतको रास्ट्र थिएन पनि भन्नू भयो। ने मुनिको नाउँ बाट नेपालको नामाकरण गरिए पनि ने मुनि राजा भरतको पालाका हुन वा अघि पछिका हुन त्यो चाहिँ अनुसन्धानको बिषय हो भन्नू भयो। तर जे भएपनी नेपालको अस्तित्व  चाहिँ भरत राजाको पाला देखि नै रहेको देखिन्छ भन्नू भयो। अन्त्यमा वहाँले  धेरै उदाहरणहरु  प्रस्तुत गर्दै नेपाल नै हिन्दुस्थान हो अहिलेको भारत भूमी  होइन भन्नू भयो  र मैले भनेका कुराहरु सबै सत्य न हुन पनि सक्छन । यो मेरो निजि धारणा हो । यसलाई साहित्यकार डा. इन्दुल केसीले भने जस्तो रास्ट्रिय छलफलको विषय वस्तु बनाउनु पर्छ पनि भन्नू भएको हुँदा यो मैले बोलेका कुराहरु अनुसन्धानको बिषय हो र यस्को निरुपण अरु खोज र अनुसंधानहरु  बाट होस्  भनी आफ्नो मनतब्य लाई टुंङ्याउनु भयो।
कार्यक्रम संचालकले अन्त्यतिर हरि मन्जुश्री लाइ बिट मार्न अनुरोध गर्दा वहाँले बोल्ने क्रममा त्यो बेला वहाँले स्कन्द पूराणमा भएका केदार खण्ड , हिमवत खण्ड र  मानस खण्डमा लेखिएका कुराहरु लाई महत्व दिंदै त्यहाँ लेखिएका जतिपनि कुराहरु छन त्यो सबै अहिले मिल्दै आएको चर्चा गर्नु भयो। पुराणहरुका  भौगोलिक , राजनैतिक र सां स्कृतिक कुराहरु लाई मिथक भनेर पन्छयाउनु भन्दा यसलाइ अझ राम्रो संग खोज्नु राम्रो हुन्छ भन्नू भयो। अनि हामिले बैज्ञानिक आधार लाई पुष्ठि गर्दा शास्त्रीय आधार लाई पनि लिनु पर्छ भन्नू भयो। हामिले वेद लाई मान्नु पर्यो , उपनिषद् लाई मान्नु पर्यो , अनि त्यही कुराहरु लाई समेटेर ल्याउदा हाम्रो रास्ट्रको एउटा बौद्धिक खुराक हुन्छ जस्तो मलाइ लाग्छ भन्नू  भयो।
४) त्यसपछि अर्का  वक्ता सुनील सापकोटाले  प्रस्तुत  शिर्षकमा आफ्नो मन्तब्य प्रकट गर्ने क्रममा जुममा उपस्थित सबै लाई सम्बोधन गर्दै आफ्नो बिचार राख्नु भएको थियो। आज जुन शिर्षक राखेर छलफल गरिंदै छ , यद्यपि यो मेरो बिषय होइन। म ब्यवस्थापन  र कानुनको बिद्यार्थी भएको नाताले   येस्मा मेरो गहिरो अध्यन न भएपनी सामान्य अध्यनका आधारमा बोल्नु पर्दा मेरो बिचारमा बेद ,  रामायण , महाभारत आदि साहित्यका कुरा हुन । यो एउटा मिथक हो। यो प्रागऐतिहासिक प्रचिन  बिषय वस्तु हो। यो  बिषय वस्तु कति प्राचीन  हो र येस्मा कति सत्यता  छ  होला ?  यो एउटा  अनुसन्धानको बिषय वस्तु हो। तर यो विषय वस्तु लाई जति प्राचिन र सत्य मानिदै छ तर त्यो होइन भनेर अचेलका आधुनिक बैज्ञानिक अनुसन्धान कर्ताहरुले भन्दैछन् भनेर भन्नू भयो। हिजोआज  निस्क्केका  विभिन्न  आधुनिक “ डिभाइस “ ले कार्वनहरुको परिक्षणहरु बाट कुनै पनि वस्तु कति पुरानो हो भन्ने थाहा पाइने हुँदा परिक्षणकै क्रममा बेद नै तीन हजार बर्ष पुरानो होइन भनिदैछ । नयाँ अचेलका अनुसन्धान कर्ताहरुले त रामायण र महाभारत लाई समेत बुद्ध काल भन्दा येताका कथाहरु हुन , साहित्य हो भन्छन् । बुद्ध चाहिँ प्रमाणित हुन। इतिहास हुन।  पछी आदि  शंकराचार्यले  हिन्दु धर्मको  बिस्तार गर्ने क्रममा बुद्ध बिहारहरु तोडफोड भएको हुँदा अहिलेको अयोध्या रामजन्म भूमि न भइ पहिलेको त्यो बुद्ध बिहार थियो अरे  पनि अहिले भनिदैछ। त्यसैले यी सब विषय वस्तुका कुराहरुमा पहिलेका कुराहरु लाई मात्र बिश्वास न गरि अचेलको आधुनिक शोध र अनुसन्धानका कुराहरु लाई पनि अध्यन र अनुसन्धानको बिषय वस्तु बनाइनु पर्छ भन्दै आफ्नो बिचार राख्नु भएको थियो।
५) त्यसपछि अर्का बक्ता राजेन्द्रकोजू ज्यू ले म आज अरुको बिचारहरु सुन्न मात्र आएको हुँ । आज  आफ्नो बिचार राख्दिन भनेर आफ्नो दुई शब्द ब्यक्त गर्नु भयो।
६) त्यसपछी अर्का  विद्वान वक्ता शिव बंजाराज्यू ले सर्वप्रथम आयोजक समिती  लाई धन्यवाद ज्ञापन गरेपछि आफ्नो मन्तव्य राख्ने क्रममा आजको प्रस्तुत महत्वपूर्ण विषय वस्तुमा साथिहरुले यहाँ धेरै कुराहरु राखी सक्नु भएको छ । येस्मा म तर्क वितर्क गर्न चाहान्न । यो लक डाउन र बन्दा बन्दीको बेला हरि मन्जुश्रीज्यू ले फेशबुक चलाइ रहेका मित्रहरु लाई केही दिन अगाडी आफ्नो फेशबुकमा “ भारत बर्ष र हिन्दुस्थान “ शिर्षकको महत्वपूर्ण  विषय वस्तु उठाइ चर्चा गर्नु भएकाले यो एउटा गहन विषय हो । हुनत वहाँले आफ्नो फेशबुकमा बेलाबेलामा येस्तै महत्वपूर्ण र अनुसन्धानका बिषय वस्तुहरु उठाइ बिगत धेरै दिन देखिनै चर्चा गर्ने गर्नु भएको पाइन्छ । मैले पनि वहाँ लाई तपाइले चर्चा गर्नु भएको बिषय बस्तु महत्वपूर्ण हुने गरेकाले त्यसलाई पुस्तकको रुपमा प्रकाशित गर्नु होला भन्ने सुझाव दिएको कुरा भन्नू भयो। अनि आजको यस विषयमा हरि मन्जुश्रीले धेरै पुस्तकहरु पढि विभिन्न सामाग्रीहरु संकलन गरि विभिन्न तर्कहरु यहाँ राखी सक्नु भएकाले मलाई आज धेरै कुराहरुको जानकारी भयो र म येति कुराहरु राख्न सक्तिन भन्नू भयो। यो विषयमा आज वहाँले राख्नु भएको बिचार ठिक छ पनि होइन , त्यो बे ठिक छ भन्ने पनि होइन। यो नेपालीहरुका लागि एउटा गौरवको विषय चाहिँ हो र यस्को रास्ट्रिय रुपमा बहस हुनु जरुरी छ भन्नू भयो।
ट) त्यसपछि मच्छेश्वर सापकोटाले  आफ्नो छोटो मन्तव्यमा यो हाम्रो नेपाल  हिन्दु पावन भूमि हो भन्नू भयो। यो विषयमा अझ छ व्यापक छलफल हुनु पर्छ भन्नू भयो।
८) त्यसपछि अर्का वक्ता नविना श्रेष्ठले हाम्रो नेपाल देश ने मुनिले पालन गरेको देश हो । नेपाल भारत बर्षको भाग होइन। यो पहिले देखि नै नेपाल मण्डल भित्र पर्छ भन्नू भयो। बिज्ञानले धेरै कुरा देखाउन सक्तैन् भन्दै हरि मन्जुश्रीले उठाउनु भएको कुरा महत्वपूर्ण छ र यो बिषयमा अनुसन्धान हुनुपर्छ भन्नू भयो।
९) त्यस्तै वरिष्ठ सिमाविद  वृद्ध विद्वान  बुद्धिमान श्रेष्ठ  ज्यू ले आफ्नो मन्तव्य राख्ने क्रममा हरि मन्जुश्रीले राख्नु भएको बिषय महत्वपूर्ण र रोचक भएको बताउनु भयो। वहाँले भन्नू भयो – “  हरिजीले यहाँ  आफ्नो मन्तव्य राख्ने क्रममा  पृथ्वीनारायण शाहको कुरा उठाउनु भयो । चक्रवती राजा भरत र महाभारतको अर्को  जड भारतको  कुरा गर्नु भयो। नेपालको चितवनको कुरा गर्नु भयो । भारतको अयोध्याको कुरा गर्नु भयो । भारतको सिमा त्यो बेला इन्डोनेशियामा सम्म  , थाइल्यान्ड सम्म पर्थ्यो  भन्नू भयो। असली हिन्दुस्तान नेपाल हो भन्नु भयो।  त्यसैले हरिजीले उठाएको विषयको भौगोलिक  रुपमा , संस्कृतिक रुपमा , पौराणिक रुपमा , वैदिकरुपमा  अध्यन हुनु पर्यो , अनुसन्धान हुनु पर्यो भन्नू भयो। अनि वहाँले दुइटा पुरानो नक्शा १) वैदिक भारत २) विधोन्त्तरा भारत भूमीको नक्सा देखाउदै त्यो बेलाको भारतको सिमाना हरिजी ले भने जस्तै थियो भन्नु भयो। अनि आफ्नो पुस्तकमा नब्बे वटा पुराना र नयाँ नक्शा समावेश भएको कुरा पनि  बताउनु  भयो। अनि अन्त्यमा धेरै कुराहरु राख्दै भारत भन्दा नेपाल पुरानो भूमी हो भन्दै एउटा अनुसन्धात्मक पुस्तक निकाली विश्वमा नेपाल र नेपालीको परिचय दिनु पर्छ भन्दै आफ्नो मन्तब्य समाप्त गर्नु भयो।
१ण्) त्यस्तै भूगोलविद चन्द्र मान प्रधानज्यू ले पनि  सर्वप्रथम  सबै लाई  धन्यवाद दिदै धेरै कुराहरु राख्नु भयो। वहाँले हरिजी र बुद्धिमान जी ले राखेको कुराहरु राम्रो छ भन्नू भयो। वहाँले भारत सङ  दुईटा सन्धि भएको कुरा बताउनु भएको थियो । एउटा  सुगौलिको सन्धी र अर्को  सन् १९५० को मैत्री सन्धि ।  त्यस्ले पनि नेपाल पहिले देखि  र अहिले सम्म  पनि स्वतन्त्र देश हो  भन्ने जनिन्छ भनेर भन्नू भयो। त्यसैले पहिलेको पौराणिक कुराहरु भन्दा  ती सन्धिहरुको अध्यन अनुसन्धान गर्नु बरु अझ उपयोगिता होला भन्नू भयो।
११) त्यस्तै अर्का वृद्ध बुद्धिजिवी  पशुपतिमान सर ले मलाइ पहिले देखि नै पूजाआजामा “  भारत खण्डे , जम्वू द्विपे  “ भनेको मन पर्दैन थियो भनेर भन्दै आज हरिजीले राखेका कुराहरु सुनेर मलाई छर्लङ्ग भयो भन्नू भयो। अनि हिन्दु भन्ने शब्द भारतियहरु लाई वृटिशहरुले भन्ने  गरेका हुन भन्नू भयो। अनि आज हिन्दु धर्मका नानाथरी  कुराहरु गरेर वकालत गरेर  ईन्डियाले नेपाल लाई निल्न खोजेको कुरा पनि गर्नु भयो।
१२) त्यस्तै अर्का विद्वान वक्ता प्रजापती तिमसिनाज्यू ले आज हरिसरले उठाएका कुराहरु ज्यादै महत्त्वपूर्ण छ र  मेरा  हजुरबुबाले मलाई पनि उहिले नै शंकल्पका कुराहरु गल्ती छन  भन्दै  नेपाल भनेको  हिन्दुस्थान नै हो  भन्नू भएको थियो भन्नू भयो। अनि अन्त्यमा वहाँले हरिजीले यो बिषय उठाएर बुद्धिजीवीहरु लाई  अनुसन्धान गर्न चुनौति नै दिनु भयो ।
१३) त्यस्तै अर्का समाजसेवी साहित्य प्रेमी बुद्धिजीवी  महिला वक्ता निर्मला श्रेष्ठज्यू  ले  हाम्रो हिन्दु धर्म र संस्कृतिहरु बिर्सिदै गएको वर्तमान अवस्थामा हरि सरले जुन बिषयहरु लाई उजागर गर्नु भएको छ त्यो अत्यन्तै महत्त्वपूर्ण र  सान्दर्भिक छ भन्दै वहाँले अरु पनि धेरै कुराहरु राख्दै सबैले सोच्नु पर्ने बेला आएको भन्नू भयो।
१४) त्यस्तै अर्का वक्ता  साधुराम गिरिज्यू ले पनि धेरै महत्त्वपूर्ण र सान्दर्भिक कुराहरु लाई आफ्नो वक्तव्य मार्फत उजागर गर्दै हरि सरले उठाएका बिषयको महत्वको बारेमा चर्चा गर्नु भयो। अनि नेपालको  चुच्चे नक्शाको प्रसङ्ग  त्यसै बिलाउँदै गएको कुरा लाई पनि उठाउनु भएको थियो।
१५) त्यस्तै बोल्ने क्रममा  सबैले बोले पछि हरि मन्जुश्रीको अन्तिम जिज्ञासा पुनः  आउनु भन्दा अगाडी मैले ( सुनिल सापकोटा ) कार्यक्रम संचालक  जीवनाथ अधिकारीज्यू लाई तपाईं पनि आफ्नो बिचारहरु राख्नुस भनेर   अनुरोध गर्दा  वहाँले यो विषय वस्तुका सम्बन्धमा  त्यति व्यापक रुपले अध्ययन नगरेको कुरा भन्नू भयो। अनि भारत बर्ष भनेको एउटा ठुलो स्थान हो र पछील्लो समयमा यसैबाट विभिन्न मुलुकहरु बनी अहिले स्थापित भएका हुन भन्नू भयो। त्यस्तै नेपाल पनि एउटा प्राचीन मुलुक हो र यो पनि विभिन्न काल खण्डमा  कहिले बढदै त कहिले खुम्चिदै अहिले  यहाँ सम्म आइ पुगेको कुरा भन्नू भयो।
१६) अन्त्यमा कार्यक्रम संचालक जीवनाथ अधिकारीज्यूले आफ्नो सानो भनाइ राख्दै आजको सभाको अध्यक्षता ग्रहण गर्नु भएका    डा.  इन्दुल केसी ज्यू लाई आफ्नो भनाइका साथ सभा बिसर्जन गर्न अनुरोध गर्दै बिदा हुनु भयो। अनि  सभाका अध्यक्षज्यूले पनि आफूलाई आज ज्यादै खुशी लागेको कुरा बताउनु भयो। आजको वक्ताहरुको बिचार पनि महत्वपूर्ण रहेको बताउनु भयो। अनि आजको सम्पुर्ण कुराहरु र विभिन्न  विद्वान वक्ताहरुका बिचारहरु लाई एकत्रित गरेर एउटा रिपोर्ट तयार पारिने कुरा बताउनु भयो र सो रिपोर्ट तयार गर्ने जिम्मा पदम दाहाल , सुनील सापकोटा  र शिव बं जारा लाई जिम्मा दिएको कुरा आफ्नो मन्तव्यको क्रममा ब्यक्त गर्नु भएको थियो भने ,  अन्त्यमा सबै लाई  धन्यवाद  दिदै  आजको सभा बिसर्जन भएको घोषणा गर्नु भएको थियो।
 अन्त्यमा , मेरो निष्कर्षमा  आजको यो  सभाको निचोड ज्यादै महत्वपूर्ण र सान्दर्भिक रहेको रिपोर्ट पेश गर्छु । धन्यवाद !
प्रतिबेदकको नाम ः सुनील सापकोटा
मिति ः २०७८÷२÷ २७
नोट ः भारत वर्ष र हिन्दुस्थान विषयमा हालै जुममा भएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन पठनयोग्य सम्झी यहाँं प्रस्तुत गरिएको छ । सम्पादक
...

All Comments.......


Please Login/Register To Comments