सविन ख्याजू
सलह कीरा नेपालको तराईका विभिन्न जिल्लामा देखिन थालेको छ । पर्सा, बारा, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा सलह कीरा देखिएका छन् । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारत हँुदै सलह कीरा नेपाल प्रवेश गरेको हो ।
फट्याङ्ग्रा जातभित्र पर्ने यो कीराको वैज्ञानिक नाम छ । यो सलह मरुभूमिमा पाइने प्रजाति हो । यो कीराको जीवनचक्र अण्डा, निम्फ र वयस्क गरी तीन अवस्थाको हुन्छ । जसमा निम्फ अवस्थाले सबभन्दा क्षति पु¥याउँछ ।
नेपालका वैज्ञानिकहरूका अनुसार सन् १९६२ मा गोदावरी र काठमाडौँमा पहिचान गरिएको थियो । त्यसै वर्ष काभ्रेको पनौतीमा मकैबालीमा यो कीराको प्रकोप देखिएको थियो ।
केही समयअगाडि कृषि तथा खाद्य सङ्गठन र नेपालका कृषि वैज्ञानिकहरूबाट सलह कीरा नेपाल नपस्ने अनुमान गरिएको थियो । नेपालको कृषि अनुसन्धान निकै कमजोर र झाराटार्ने किसिमको भएका कारण यस्ता अनुमानहरू गलत हुने गरेका छन् । कृषि वैज्ञानिक र प्राविधिकहरूको लागि आवश्यक स्रोत, साधन र पूर्वाधार तयार नभएको पनि तीतो यथार्थ हो ।
नोक्सान
लाखौँको सङ्ख्यामा हुने यस कीराले बाली बिरुवाको पात र डाँठको भाग खाएर नष्ट गर्दछ । मुखको वर्गीकरण गर्दा यो कीरा चपाउने वर्गमा पर्दछ । सलहले आफ्नो शरीरको तौल बराबर दैनिक २ ग्राम बराबरको खान सक्छन् । सामान्यतया एक दिनमा एक झुन्डले २५०० मानिस बराबरले खाने वनस्पति खान सक्छन् । यो कीरा झुन्ड–झुण्डमा आक्रमण गर्दछन् । सलह प्रतिदिन १५० किमि टाढासम्म यात्रा गर्नसक्छन् ।
विश्वव्यापी तापमान वृद्धिले जलवायु परिवर्तन गराएको हो । सलह कीरा नेपाल आउनु यसकै परिणाम हो ।
नेपालको तराई अन्नको भण्डार हो । तर समस्याहरूको आहालमा सलहको प्रकोप बढ्ने सम्भावना प्रवल बनेको छ । कोभिड–१९ महामारीमा पिल्सिरहेका जनतालाई थप पीडा बनेर आएको छ सलह । रोपाइँको समयमा सधैँ मलखादको हाहाकारमा जनता चिन्तित हुन्छन् । नेपाल सरकार रासायनिक मल कारखाना स्थापना गर्न कुनै मतलब गर्दैनन् । किसानको नाममा दिइने अनुदान पनि भ्रष्टाचार र कमिसनले सिकिस्त छ । किसानको भलो चिताउने सरकार भनेर विश्वास गर्ने कमै होलान् ।
अहिले किसानको खेतबारीमा धान, मकै, भटमास, फलफूल आदि छन् । यो खेती पनि महँगो पर्न जाने देखिन्छ । किसानका यी बाली क्षति भएपछि अवश्य पनि क्षतिपूर्ति वा राहत दिनुपर्ने स्थिति आउनेछ ।
नियन्त्रण
सलह पोषिलोयुक्त कीरा भएकोले पासोमा पारी सङ्कलन गरी दाना बनाउन सकिन्छ । ठुलो आवाज वा धुँवाको सहयोगमा कीरा धपाउने वा अन्यत्र मोड्न सकिन्छ ।
बेमौसमी खेती गरिएका टनेलहरूको वरपर कीराभित्र नपस्ने गरी जाली बेर्दा बाली सुरक्षित हुन्छ ।
अन्य कुनै उपायले काम नगरे कीटनाशक विषादीमा लाथियन ५० ५ई. सी., क्लोरोपारिफोस २० ५ ई. सी., डल्टामेथ्रिन २.८ ५ ई. सी., ल्याम्डा साइहृलाथ्रीन ५ ५ ई. सी.आदिको प्रयोग गर्न सकिन्छ । बिहान घाम लागेको १–२ घण्टामा विषादी छर्कने उपयुक्त समय हो । प्रतिहेक्टर (२० रोपनी) को लागि ०.५ देखि ५ लिटरसम्म विषादी आवश्यक पर्दछ । हेलिकप्टर, ड्रोन, मोटर गाडीको सहायतामा कीटनाशक विषादीको प्रयोग गर्दा एकैपटक ठूलो क्षेत्रफल ओगट्न सकिन्छ । तर, मानवीय बस्ती, खानेपानीको मुहानजस्ता संवेदनशील क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । विषादी प्रयोग गरिएका सलह खानको निम्ति प्रयोग गर्नहुँदैन ।
जलवायु परिवर्तनसँगै तापमान वृद्धि भएको कारण वायुमण्डलमा भएको परिवर्तनले सलहको प्रकोप अझै झाङ्गिन सक्छ । हाल सलहको प्रकोप सुरुआती अवस्थाको भएका कारण नेपाल सरकारका सम्बन्धित सम्पूर्ण निकायहरू सक्रिय भएर लाग्नु अत्यन्त आवश्यक छ । जलवायु परिवर्तनको अनुमान र तथ्याङ्क नेपाल सरकारसँग भरपर्दाे छैन । किसानको लागि जल्दोबल्दो समस्याहरूको सम्बोधन गर्न सक्रिय हुनु नै उत्तम उपाय हो । –मजदुरबाट

...

All Comments.......


Please Login/Register To Comments