मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिबासीले मध्यपुर थिमि नगरपालिका कार्यालय नजिकै रहेको सडक कालोपत्रे गर्न माग गर्दै अहिले नगरपालिका कार्यालय भबन अगाडि धर्ना दिइरहेका छन । मध्यपुर थिमि नगरपालिका वडा नं.६ नगरपालिका रोडको वाटो बिगत लामो समयदेखि बर्षामा हिलाम्य र गर्मीमा घुलाम्य बनाई स्थानीयबासिन्दाहरूको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै उनीहरुले नगरपालिकाको अहिले बसिरहेको बसिरहेको कार्यपालिका बैठकले नै तत्कालै  बाटोलाई कालोपत्रे गर्ने निर्णय गर्न माग राख्दै धर्ना बसिएको हो । लामो समयदेखि समस्या भएपछि स्थानीयबासिन्दाहरूले स्वस्फूर्त रूपमा नगरपालिकामा तालाबन्दी र धर्ना बसेर बिरोध गर्न पुगेका हुन । उनीहरुले नाराजुशल पनि गरिरहेका छन । जलुशमा सयौं स्थानीयबासी संलग्न छन ।
...

All Comments.......


Please Login/Register To Comments