भक्तपुर, १४ असार । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व फुटबल खेलाडी एवम् भक्तपुर जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजातिको नेतृत्वमा एन्फा अपिल कमितिमा भक्तपुर जिल्ला फुटबल संघलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले असार २ गतेको बैठकले एन्फाको विधान विपरित विघटन गरी तदर्थ समिति गठन न्यायसम्मत नभएकोले महासचिब ईन्द्रमान तुलाधरलाई एन्फा कमप्लेक्स सातदोबाटोमा एक समारोह बीच आईतबार अपिल पेश गर्नुभयो ।
अपिल पेशको क्रममा एन्फा महासचिव इन्द्रमान तुलाघरले अपिल समिति नै गठन पूर्णता नभएकोले अपिल कमितिमा पेश नगरेपनि हुने बताउनु भयो । साथै उहाले भक्तपुर र एन्फा भित्रको राजनीति चलखेलले यो घटनाक्रमको सृजना भएको बताउनु भयो । उनले एन्फाले संघ विघटन गर्न नहुने स्विकार्दै भक्तपुरले न्याय पाउने बताउनु भयो ।
भक्तपुरका उपाध्यक्ष सुनिल प्रजापतिले अपिल कमितिबाट एन्फा विधान विपरितको निर्णय भएकोले अपिल कमितिबाट न्याय पाउने आशा व्यक्त गर्नुभयो । उनले प्रजातान्त्रीक तवरले निर्वाचित व्यक्तिले हिटलरवादी व्यवहार भएको अनुभव हुन थालेको बताउदै महासचिव इन्द्रमान तुलाघर र संजिब मिश्र लगायतका एन्फाका पदाधिकरीहरुले भक्तपुर जिल्ला विघटन गर्न नहुने पक्षमा रहेको कुरा व्यक्त गरेको बताउनु भयो ।
त्यस्तै भक्तपुर जिल्ला संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले एन्फामा भईरहेको भष्ट्राचार, नातावाद, कृपावादको विरुद्ध शसक्त प्रतिपक्षको भुमिका निभएकोले भक्तपुरलाई निषेधको राजनीति गरेको बताउनु भयो । उहा“ले फिफा कंग्रेसमा एनआरएनलाई सहभागी गराएको सम्बन्धमा, विश्वकप टिकट सम्बन्धमा, महिला र पुरुष खेलाडीको भत्ता विभेद बारे, फुटबल प्रशिक्षक ग्यातुकी कोजीको ओभरस्टे बारे र बिकासको नाउंमा नातावाद, कृपावाद, भष्टाचार र लुततन्त्र भईरहेको उदाहरण भर्खरै सम्पन्न विश्व कप फुटबल प्रतियोगिताको टिकटबाट पुष्टि भएको हामीलाई अनुभव भईरहेको साथै बिश्वकपको टिकट एन्फालाई आएको छ छैन छ भने कसरी बितरण गरियो ? त्यो संगै फुटबल विकासमा लाग्नेहरु र जिल्लामा किन बितरण गरिएन र केन्द्रीय समितिका केही सदस्यहरुका परिवार परिवार बिश्वकप हेर्न गएको समाचारहरु पनि आयो त्यसैले नातावाद कृपावाद भएको अनुभुति भएकोले साधारणसभामा भक्तपुरले आवाज उठाएकोले आखाको कसिंगर सम्झेर विघटन गरेको विधान विपरित छ भन्नुभयो ।
त्यस्तै जिल्ला संघका सदस्य रधु प्रजापतिले प्रजातान्त्रीक पद्धतिबाट आएका पदाधिकारीहरुको व्यवहार हिटलरवादी प्रबृति देखिएको उदाहरण हो जिल्ला संघ विघटन जुन एन्फाको विधान विपरित छ भन्नुभयो ।
त्यस्तै जिल्ला सदस्य इन्द्र प्रसाद राजलवटले जिल्ला संघ विघटनले फुटबल प्रेमी युवाहरु र खेलाडीहरु आक्रोशित भएको बताउदै ईंट्टको जवाफ पत्थरले दिनु पर्ने बताउनु भयो ।
अपिल कमितिमा दिएको पत्र यहा पेश गरेको छु ।...

All Comments.......


Please Login/Register To Comments