रत्न काजि प्रजापति
मध्यपुर थिमि नगरपालिकाको पाँचौ नगरसभा आज सफलतापुर्बक सम्पन्न भएको छ। नगर प्रमुख मदन सुन्दर श्रेष्ठको सभापतित्वमा भएको उक्त नगर  सभामा उपप्रमुख अन्जना देबि मधिकर्मिले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७८÷ ०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ।
कोभिड–१९ को सम्भाबित तेश्रो लहरलाई ध्यानमा राखि बालबालिकाहरूको लागि बिशेष वार्डको ब्यवस्था गर्ने, वडाको सिफारिसमा पिसिआर परीक्षण नेपाल केरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क गर्ने, बोडेस्थित कृषि बिकास बैंक तालिम प्रतिष्ठान केन्द्रमा संचालन गरिने आइसोलेसन केन्द्रमा अक्सिजन सहितको प्राथमिक उपचारको व्यवस्था गर्ने, नगरभित्रका गरिब असहायहरुको कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्ने र कोभिड विरूद्धको खोप खरिद र अनुदान प्राप्तिको लागि पहलकदमी गर्ने कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्थानीय स्वायत्त शासन ऐन–२०५५ बमोजिम स्थायी रूपमा कार्यरत कर्मचारीहरूको स्तर बृद्धि र समायोजन यसै बर्षदेखि शुरु गर्ने, वडास्तरबाट नै खेलकुद गतिबिधिको लागि बजेट विनियोजन गर्ने, राधे–राधे, गठ्ठाघर र सानोठिमीमा मेट्रो एम्बुलेन्स सेवा सुचारू गर्ने, ऐतिहासिक सिद्धिकाली मन्दिर परिसरको दक्षिण–पुर्बी भागमा संजिबनी पार्क निर्माण गर्ने, घर नक्सा पास प्रकियालाई सहज, सरल र पारदर्शी बनाउनलाई अनलाईन सेवा ईबिपिएस प्रणाली लागु गर्ने भएको छ ।

निति तथा कार्यक्रममा विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने, मापदण्ड पूरा भएका विद्यालयलाई कक्षा १ देखि ९ सम्म कक्षा सञ्चालन गर्न अनुमति दिने, उपभोक्ताको काम कारबाही व्यवस्थित पारदर्शि र नतिजामूलक बनाउन उपभोक्ता समिति गठन, सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्यविधि बनाई कार्यान्वयन गर्ने रहेका छन् ।
त्यसैगरि काँलाडोल–बुढाथोकि गाउँ, हनुमन्ते, मनोहरा–निलबाराही लगायतका स्थानमा जग्गा एकिकरण आयोजना लागु गर्न उपभोक्ता समिति गठन गरी कार्यान्वयन गर्ने, करको दर बृद्धि नगरी करको दायरालाई फराकिलो पार्दै ब्यवसाय दर्ता अभियान चलाउने नीति नगरपालिकाले लिएको छ ....

All Comments.......


Please Login/Register To Comments