भक्तपुर । भक्तपुरका एकजनाले शिक्षकले विपन्न वर्गका स्कुलका विद्यार्थीलाई पुस्तक प्रदान गरेर जन्मदिन मनाएका छन् । भक्तपुर नगरपालिका ९ कमलविनायकस्थित रोम्वस नेशनल स्कुलका प्रिन्सिपल डा राजेन्द्र कोजूले विहीबार आफनो ४३ औ जन्मदिन जिल्लाकै सुडालस्थित ठूली व्रम्हायणी आधारभूत विद्यालयका ससाना विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरी मनाएका हुन् । 
स्कुलमा नर्सरीका १५, एलकेजीका १५ र यूकेजीका १५ गरी कुल ४५ जना विद्यार्थीलाई एकएक सेट पाठ्यपुस्तक प्रदान गरेका हुन् । विपन्न वर्गका वालवालिकाको पढन पाउने अधिकारबाट वञ्चित नहोस् भनेर एक समारोहवीच स्कुलमा गएर आफूले पुस्तक हस्तान्तरण गरेका हुन् ।  
कार्यक्रममा रोम्वस नेशनल स्कुलका निर्देशक सरिता कोजूले स्कुलले कमाएको केही रकम सामाजिक उतरदायित्वमा खर्च गर्ने क्रममा स्कुलका विद्यार्थीलाई पाठ्यपुस्तक प्रदान गरी सहयोग गरेको जनाइन् । करिव ५३ हजार बराबरको रकमबाट पाठ्यपुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गरिएको उनले जनाइन् । 
ठूली व्रम्हायणी आधारभूत विद्यालय सुडालका प्रिन्सिपल हरि राउतले प्राप्त पाठ्यपुस्तकले विपन्न वर्गका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । सरकारी स्कुलको रुपमा रहेको आफनो स्कुलमा दनुुवार, सुनुवार लगायतका जातका विपन्न वर्गका विद्यार्थी अध्ययनरत रहेको जानकारी गराए । 

...

All Comments.......


Please Login/Register To Comments