सुनिल सापकोटा
संत कबिरदास  पुरानो जमानाका  १५ औं  शताब्दी  तिरका भारतका  भक्तिकालका प्रसिद्ध कवि हुन । कबिरदास  संभवतः  एक्लो त्यस्ता  बहुआयामिक ब्याक्तित्वका रहस्यवादी  कवि हुन जसलाई “धार्मिक“ र  “सेक्युलर“ दुवै भन्न सकिन्छ । कबिरदासको बाबू आमा को थिए  भन्ने  बारेमा इतिहारकारहरु लाई नै भ्रम छ । भनिने गरिन्छ कि उनलाई “निमा“ र “निरु“ नाउँ  गरेका जुलाहा ( कपड़ा बुन्ने )  मुसलमान दम्पतीले सानै देखि पालेका थिए । उनको वास्तविक आमा – बाबुको अत्तो पत्तो  देखिदैन । स्वयं कबिरले पनि आफ्नु लाई जुलाहाको रुपमा प्रस्तुत गरेको  पाइन्छ । उनी भन्छन् – “ जाती जुलाहा नाम कबिरा , बनी बनी फिरो उदासी “ । उनी मुसलमानको घरमा बच्चा देखि पालिए पनि  त्यसबेलाको हिन्दु – मुश्लिम  धर्म प्रती उनको कुनै बिशेष आस्था र लगाव देखिदैन । कबिर भारतको काशी ( बनारस ) का हुन  । एउटा  गरिव र पेशामा  जुलाहा हुन  । उनी बृद्ध हुँदा  उनको आफ्नै  नाम , यश र कीर्तिले ज्यादै दुःख दिएको हुनाले मर्नेबेलामा उनले  काशी  छोड्नु परेको थियो। उनी पढेलेखेका थिएनन् । उनि भन्थे –  “ मसी कागज छूवो नहीं , कलम गहि नहिं हात “ । त्यसबेला उनका  लयबद्ध कविता रुपी  बाणि ( दोहा ) सुनेर मानिसहरु छक्क पर्दथे र उनको कुराहरु सुन्न भिड लाग्ने गर्दथ्यो।
कबिर रुढीबादी बिरोधी थिए। मूर्ती पूजाका बिरोधी थिए।  उनले मुसलमान र हिन्दु दुवै लाई व्यंग्य गर्थे। उनी भन्थे–
पाहन पूजे हरि मिलैं , तो मैं पूजौं पहार ।
था ते चाकी भली , जासे पिसी खाए संसार ।।
( अर्थात् ,  पत्थर लाई पूजा गरेर ईश्वर पाइने भए म पहाड लाई पूजा गर्थे। यदि पत्थर लाई नै पूजा गर्छौ भने बरु जाँतो लाई पूजा गर किनकी त्यस्ले पिसेको अन्नहरु संसारले त खान पाइरहेकोछ । )
कबिरको लागि इश्वर छ पनि,  छैन पनि। कबिर लाई शान्तिमय जीवन प्यारो लाग्थ्यो । उनी सत्य , अहिंसा र  सदाचारका प्रशंसक थिए। उनी साधु प्रवृत्तिका मानिस थिए। साच्चै भन्नू पर्दा  उनी एउटा समाज सुधारक थिए । उनी त्यसबेलाको समाजको धार्मिक पाखण्ड र अन्धविश्वास लाई समाप्त गर्न चाहन्थे । उनी नैतिक मूल्य पक्षधरका  येस्ता संत कवि थिए  थिए , जसलाइ दुनियाँको पथ प्रदर्शक भन्दा हुन्छ । उनले मनुष्य र जीवनको सम्बन्धलाई यथार्थमा हेर्ने कोशिश गरेको पाइन्छ।
आज भन्दा ५० बर्ष अगाडी  मेरो घर भएको  बिराटनगर गोग्राहा बरगाछिमा  त्यो बेला निकै पातलो  वस्ती थियो। त्यहाँ त्यो जमानामा कबिरपन्थीहरुको  जनसंख्या बाक्लै  थियो। वहाँहरु पूजा आजा गर्नेहरु लाई मूर्ख  रुढीबादी भनेर जिक्याउनु हुन्थ्यो भने हामिहरु पनि वहाँहरु लाई “ कबिरदास कि उल्टि बानी , पहले खानी तब अस्नानी “ भनेर जिक्याउथ्यो । आज कबिरदास लाई सम्झदा मलाइ ती पुराना  आफ्नो  केटाकेटीका दिनहरुको  याद आइरहेकोछ । धेरै के लेखुँ । इति।

...

All Comments.......


Please Login/Register To Comments