राष्ट्रगानका १० गायकमध्ये एक अजय थापाको कोरोना संक्रमणबाट निधन भएको छ। लोकतन्त्र प्राप्तिपछिको राष्ट्रगान ‘सयौं थुङ्गा फूलका हामी‘’ राष्ट्रगानमा थापा सहित १० जनाको स्वर छ।

झापाको मेचीनगर नगरपालिका ३ बाहुनडाँगीको बडाखाल स्थायी घर भएका उनलाई एक साताअघि कोरोना पुष्टि भएको थियो। सङ्क्रमित भएर बीएन्डसी हस्पिटल बिर्तामोडमा उपचार गराइरहेका उनको भेन्टिलेटरमै निधन भएको बीएन्डसी हस्पिटलले जनाएको छ।

राष्ट्रगानमा अम्बर गुरुङले संगीत भरेका हुन् भने व्याकुल माइलाले रचना गरेका हुन्। यो २०६४ साउन १४ गतेदेखि नेपालमा लागू गरिएको हो। अजय अम्बर गुरुङका निकट सहयोगी थिए। थापाकी पत्नी राधा थापालाई समेत कोरोना सङ्क्रमण भएको छ । उनको बीएन्डसी हस्पिटलमा नै उपचार भइरहेको छ। उनका दुई छोरी र एक छोरा अमेरिकामा अध्ययनरत छन्। बुवाआमा बिरामी भएपछि अमेरिकाबाट छोरीहरु बिहीबार काठमाडौँ आइपुगेको र छोरा शनिबार आइपुग्ने बताइएको छ।...

All Comments.......


Please Login/Register To Comments