भक्तपुर । रामेछापको सुनपति गाउँंपालिका ४ घर भई हाल भक्तपुरको सूुर्यबिनायक नगरपालिका ६ बस्ने रहरबिर लामाको हजारको ९० हजार रुपैयाँं फेला परेको छ । लामोको उक्त रकम महानगरीय प्रहरी बृत भक्तपुरले शनिबार लामालाई कार्यालयमा हस्तान्तरण गरेको छ । यसअघि लामाले बा २४ प २९५२ नम्बरको मोटरसाइकलमा सवार भई जिल्लाको नंखेलबाट भक्तपुरतर्फ आउदै गर्दा आफूसंग रहेको नगद रु ९० हजार रुपैयाँ, मोबाईल १ थान र महत्वपूर्ण कागजात हराएकोले खोजी गरी पाउँ भनी बृतमा मौखिक जानकारी गराएका थिए । बृतबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरी खोजतलास गर्दा उक्त धनमाल फेला पारी सम्बन्धित धनीलाई कार्यालयबाट हस्तान्त्रण गरिएको बृतले जनाएको छ । 

...

All Comments.......


Please Login/Register To Comments