मलाई लाज लागेको छ, आफ्नै क्षमताप्रति ः केके मानन्धर
मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधि तथा पाठ्यक्रम बनाउने विद्वान महानुभावहरुलाई स्थानिय पाठ्यक्रमको मर्म बुझाउन सकिन, त्यसैले लाज लागेको छ ।
विगत दुई वर्षदेखि निरन्तर प्रयास गर्दा पनि बुझाउन नसक्नु सायद मेरै÷हाम्रै कमजोरी होला ।
स्थानिय पाठ्यक्रम बनाउने सवालमा मध्यपुर थिमि नेपालकै दोस्रो नगरपालिका हो, यसमा दुईमत छैन । पाठ्यक्रम बनाउने टोली र आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने सम्पूर्ण महानुभावहरु धन्यवादका पात्र हुन् । तर पाठ्यक्रम निर्माण भइरहेको अवस्थादेखि अर्थात दुई वर्ष अघिदेखि थालिएको निरन्तरको प्रयासको बाबजुद स्थानिय जनप्रतिनिधि तथा पाठ्यक्रम निर्माण समितिलाई शिक्षा ऐन २०७४ ले व्यवस्था गरेको राष्ट्र भाषा सम्बन्धिको प्रावधान, स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले प्रत्याभूत गरेको अधिकार, नेपालको संविधानको प्रस्तावनामा उल्लेखित बहुभाषी नीति तथा अन्तर्राष्ट्रिय प्रावधान बमोजिम स्थानिय भाषा स्कूलमा पढाउनुपर्ने विषय बुझाउन नसक्नु मेरो÷÷हाम्रै ठूलै असक्षमता ठान्छु ।
यो पटक नीति तथा कार्यक्रममा उल्लेख गरेर स्थानिय भाषा स्कूलमा पढाउनको लागि बजेट समेत विनियोजन गर्ने आश्वासन पाएका थियौं । सोही आश्वासनको आधारले लोप हुने स्थितिमा पुगिसकेको मेरो÷हाम्रो मातृभाषा÷राष्ट्र भाषाको संरक्षण, प्रबद्र्धन र विकास हुन्छ भन्ने सोच्नु मेरो÷हाम्रो दिवास्वप्न भइदियो । त्यहि आश्वासनमा ढुक्क भएर विश्वास गर्नु, म लगायत मेरो टिमको लागि ठूलो कमजोरी साबित भइदियो ।
त्यसैले मलाई लाज लागेको छ, मेरो नगरपालिका भन्दा पछाडि स्थानिय पाठ्यक्रम बनाउने काठमाडौं महानगरपालिका, सुनकोशी गाउँपालिका, हतुवागढी गाउँपालिका, कीर्तिपुर नगरपालिका, धरान उपमहानगरपालिका, ललितपुर महानगरपालिका लगायतले राष्ट्र भाषालाई स्कूलमा पढाउने सुनिश्चित गरेको छ । समग्रमा यो सुखद उपलब्धि ठानेपनि मेरो÷हाम्रो निरन्तरको प्रयास विफल भएकोले लाज लागेको छ ।
मलाई जस्तै अरुलाई पनि लाजको महसुस नहोस् । अहिलेको मेरो लाज, गर्वको विषयको रुपमा परिवर्तन गर्नुछ÷हुनुपर्छ ।
खैर, स्थानिय पाठ्यक्रममा राष्ट्र भाषा लागू नगराउनको लागि भूमिका खेल्ने र लागू गराउनको लागि चासो र चिन्ता व्यक्त गरेर साथ र सहयोग गर्ने सबै महानुभावहरुप्रति आभारी छु ।


यो हेर्नुहोला ः रामकृष्ण दुुवाल
मध्यपुर थिमिको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धमा केके मानन्धरजीबाट पोष्ट गर्नुभएको सम्बन्धमा त्यहीं स्पष्ट पार्न खोजेको छु । हेर्नु हुन अनुरोध छ। यहाँ पाठ्यक्रम पुस्तिकाको केहि पेजहरु दिएको छु। सल्लाह, सुझावको आशा गर्दछु।
कक्षा सात, आठ र एकका पाठ्यक्रम पनि तयारी भएर गर्भमा रहेको जानकारी गराँदछु। सहज परिस्थिति निमार्ण भई विद्यालय खुले पछि थप प्रक्रिया अघि बढ्ने अपेच्छा गर्दछु। नेपाल भाषा पढाउने सम्बन्धमा स्थानीय नेपाल भाषासित सम्बन्धित खलः, पुचः, नेपाल भाषा लिपि गुथिका विज्ञ तथा सदस्यहरुसित छलफल हुँदा स्रोत ब्यक्ति र शिक्षकहरु उहाँहरुले उपलब्ध गराउने समझदारी पनि भई सकेको, मात्र विभिन्न कारणले कार्यान्वयनमा कमी चाहि भई रहेको छ।...

All Comments.......


Please Login/Register To Comments