आज बुधबार सुनको भाउ घटेको छ। यस दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ६०० र तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।...

All Comments.......


Please Login/Register To Comments