सुनिल सापकोटा
म भन्दिन कि , हजूरहरु  मैले लेखेको यो बिचार प्रती सहमती राख्नुस । चित्त नबुझे  आलोचना गर्दा पनि हुन्छ । अचेल म दुनियाँको हरेक देशमा  त्यहाँका धर्मावलम्बीहरुले भनेको  सुन्छु कि उनिहरुको धर्म खतरामा प¥यो  अरे। किन जहाँ पनि हरेक देशहरुमा त्यहाँको रास्ट्रिय निर्वाचनको बेला  तथा  राजनीतिक उथलपुथल भएको बेला मात्रै  त्यहाँको धर्म खतरामा पुगेको चर्चा सुनिन्छ । जस्तैः अमेरिकामा निर्वाचनको बेला ईसाइ , पाकिस्तानमा इश्लाम , फ्रान्स – जर्मनीमा  ब्यक्तित्व स्वतन्त्रता अथवा धर्म निरपेक्षता र  भारत र नेपालमा चाहिँ  हिन्दु धर्म  । 
यी मध्ये पनि बिशेष गरि हिन्दु र  ईश्लामिहरु लाई चाहिँ आफ्नो धर्म खतरामा परेको महशुस गर्छन् ।   तर जैन , पारसी , यहुदी , किराँती आदि  अल्प  समुदायहरुका धर्मावलम्बीले चाहिँ हाम्रो धर्म खतरामा प¥यो भनेको सुनिदैन। त्यस्तै बुद्ध धर्मावलम्बीले पनि हाम्रो धर्म खतरामा छ भनेको छैन । सबैलाई थाहा नै छ कि नेपाल र भारतमा कुनै बेला बुद्ध धर्मको साम्राज्य नै थियो। जो आज छैन । 
आजको आधुनिक  जमानामा जस्ले हाम्रो धर्म खतरामा पुग्यो भन्दै , अरुको  धर्मको बिरोध गर्दै , आफ्नो धर्म मात्र राम्रो भनी लडन भिडन र हत्या – हिंसा गर्न  तयार हुन्छ, त्यो परम्परावादी हो, रुढीबादी हो,  अन्ध विश्वासी हो ,  साम्प्रदायिक हो। त्यो मानवतावादी कदपी  होइन । त्यस्ले धर्म बुझेकै छैन भन्ने मलाई लाग्छ । 
मैले बुझे सम्म विश्वका  सबै धर्ममा र संस्कृतिमा  कमि कमजोरी र  राम्रा न राम्रा कुराहरु छन। कुनैपनि धर्ममा खतरा तब पैदा  हुन्छ , जब त्यो धर्मका मानिसहरुले आ – आफ्नो धर्मशास्त्रका पुस्तकहरु राम्रो सङ न पढि धर्मका ठेकेदारहरुको, धर्मका नाउँमा ब्यवशाय गर्नेहरुको, राजनिती पार्टी र तिनका नेताहरुको , पण्डित – पुजारीहरुको , मूल्ला र पादरीहरुको कुरा सुन्छन। ती धेरैजसो  आ– अफ्नो स्वार्थमा छन र धार्मिक आस्थावान मानिसहरु लाई बेकुफ र मुर्ख बनाइ लूटि रहेका छन भन्ने कुरामा म विश्वस्त छु । 
“ आस्था “  बडो गजवको कुरा रहेछ । आस्थाले नै गर्दा हिन्दुजाती  इश्वर ( शिव ) लाई गाइको दूध चढाउन भनेर दुध भुइँमा फ्याक्छन  र गो मूत्र चाहिँ पिउँछन । अस्तिसम्म सति प्रथा , बहु बिवाहा , बाल बिवाहा लाई हामी राम्रो भन्थ्यौं । नारी लाई हेप्थ्यौं ।  विधवा बिवाहा लाई खराव  भन्थ्यौं र तल्लो जातिको मानिसले छोएको खाँदैन  थियौँ । जातपात छुवाछुत मान्थ्यौं । अहिले पनि हिन्दुहरु अस्पताल , स्कुल  अनाथालय , वृद्धा आश्रमहरुको मर्मत सम्हारको लागि पैसा दिनु भन्दा  पूजापाठ र धार्मिक अनुस्ठानहरुको कार्यमा र मन्दिरमा  सुनको गजुर र कलश  हाल्नका लागि  चन्दा दिन बढी  रुचाउँछन  ।  गंगा स्नान गर्दा आफुले गरेका सबै  पाप पखालिन्छ भन्ने मान्यता राख्छन् । अनि त्यस्तै   बाबु – आमा लाई जीउँदोमा खान लगाउन न दिने,  वास्ता न गर्ने र मरे पछी चाहिँ  लाखौं खर्च गरेर श्राद्द गरे पछी  परलोकमा यहाँ दिएको वस्तुहरु  प्राप्त गर्छन्  भन्ने  रुढीबादी अन्ध विश्वासी  आस्थाहरु  जबसम्म राखिन्छ,  तबसम्म हिन्दुधर्म लाई खतरा नै भइ रहन्छ । जबसम्म हामि हिन्दुहरु बिज्ञान लाई  विश्वास न गरेर धर्मशास्त्रमा लेखिएका सबै कुराहरु सत्य मानी विश्वास गर्छौं , तबसम्म हिन्दु धर्म लाई खतरा भइ रहन्छ भन्ने मलाई लाग्छ ।
अन्त्यमा , ज्यादा लामो के लेखुँ । हुनत हामी जसलाई हिन्दु धर्म भनेर बुझिरहेका छौं त्यो वास्तवमा वैदिक धर्म हो। हिन्दु धर्म होईन । हिन्दु त भारत बर्षको एउटा सभ्यता मात्र  हो। धन्यवाद 
...

All Comments.......


Please Login/Register To Comments