हरेक सृष्टिको अन्त्य निश्चित हुन्छ यो एक प्राकृतिक नियम हो । चाहे जीवन होस या सामान त्यसको अन्त्य निश्चित नै हुन्छ । यहि कुराको ज्ञान दिनको लागि भक्तपुरमा एक पर्व मनाउने गर्दछ जसलाई भल्भला अष्टमी भनिन्छ । नेपाल सम्बतको तछलागा अष्टमीका दिन मनाउने यस पर्व हर्षको भन्दा नि दुःखद पर्वको रुपमा लिइन्छ । भक्तपुर बासीलाई आइपर्ने दुःख, संकटबाट बचाउन नवदुर्गा भवानी अष्टमातृका गणले चारै तिरबाट घेरेर राखेको छ । यी नवदुर्गा भवानी भित्र सर्वप्रथम गथेमंग च¥हेका दिन श्री महादेवको सृष्टि हुने गर्दछ । त्यसपछि गणेश चतुर्थी (चथाः)का दिन श्री गणेशको सृष्टि हुने गर्दछ भने घटस्थापना देखि ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, सिम्ह, दुम्ह, श्वेत भैरव र भैरवको सृष्टि क्रमैसंग हुने गर्दछ । दशैको समयदेखी नवदुर्गा भवानीले देशबासीहरुलाई आइपर्ने विभिन्न रोगब्यादि, संकत, अनिस्थ आदि बाट रक्षा गर्नु हुन्छ । र हरेक सृष्टिको अन्त्य हुन्छ भने जस्तै भल्भला अष्टमीको चार दिन अगि नवदुर्गा गणलाई “सिजा नकेगु“ भन्ने चलन रहेको छ । संसारलाई बिदा गर्ने समय आयो भनी अन्तिम भोज खुवाउने यो प्रचलनमा भोज खाएपछि नवदुर्गा गण रिसाएर बाहिर आएर अन्तिम नाच नाच्ने गर्दछ । अब नवदुर्गा भवानी नहुने भयो भनी भक्तपुरबासी सबै भल्भला अष्टमी अगि नवदुर्गाको पुजा गर्न आउने चलन रहेको छ । यो निरन्तर एक महिना जसो चल्ने गर्दछ । हरेक घरबाट पुजा गरि यसै परिसरमा सम्मेबजी वा भोज नै खाने गर्दछ । भल्भला अष्टमीको दिन ब्रम्हायणीमा लगेर सबै मुकुण्डो जलाउने गर्दछ । यस दिन देखि नवदुर्गा नहुने भएको कारण नवदुर्गाको शक्ति सहितको धागो (पाशुका) हातमा बाँध्ने चलन पनि रहेको छ । पाशुका भन्नाले “पाशु“ र “का“ दुई शब्दहरु मिलेर बनेको हो । पाशु भन्नाले एकदम शक्तिशाली हो भने “का“ भन्नाले धागो हो । यस पाशुकालाई पञ्चतन्त्रको रुपमा ग्रहण गर्ने गर्दछ । यो हातमा बाँधेको धागो बिजया दशमीका दिन ब्रम्हायणी जान्दा फुकालेर नदिमा बगाउने गर्दछ ।...

All Comments.......


Please Login/Register To Comments