भक्तपुरमा प्रहरी उपरीक्षक तारादेवी थापालाई स्वागत
- Post Date 2020-06-30 11:31:36
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७७ असार ८ गतेबाट भक्तपुर जिल्लामा सरुवा भई आउनुभएकी प्रहरी उपरीक्षक तारादेवी थापालाई पुष्पगुच्छा र भक्तपुरको प्रसिद्ध मयुर झ्याल प्रदान गर्नुभएर भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।
भक्तपुरको सम्पदा संरक्षण र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको भूमिका अपरिहार्य भएको बताउनुहुँदै भक्तपुर नपाले अनियमित, भ्रष्टाचार र अनैतिक काम गर्नेहरुको पक्ष कहिल्यै नलिने उहाँले बताउनुभयो ।
उहाँले आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक काम गरी जनमानसमा सकारात्मक प्रभाव पार्न शुभकामना दिनुहुँदै भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको बारेमा पनि अवगत गराउनुभयो ।
भक्तपुरबासीको न्यानो स्वागत र सद्भावप्रति आभार प्रकट गर्नुहुँदै प्रहरी उपरीक्षक थापाले प्रहरी जनताको सेवामा सँधै खटिरहने र प्रहरीबाट हुने गलत कार्यको पनि निन्दा गर्नु आवश्यक भएको बताउनुभयो ।
प्रहरी उपरीक्षक सबिन प्रधानको ठाउँमा प्रहरी उपरीक्षक तारादेवी थापा भक्तपुरको प्रहरी प्रमुखको रुपमा आउनुभएको हो । उहाँ काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सरुवा भई भक्तपुर जिल्लामा आउनुभएको हो ।
...
All Comments.......
Please Login/Register To Comments