भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भेटनरी र चश्मा पसलहरु अनुगमन गरियो ।
चश्मा पसलहरुले चश्माको सिसा र फ्रेम खरिद मुल्य र विक्री मुल्यमा धेरै फरक गरी बढी नाफा खाएको, मुल्यमा एक रुपता नभएको, चश्मा पसलहरुले जिल्ला जनस्वास्थ्यको स्विकृति नलिई संचालन, औषाधि विभागको अनुमति नभएको समेत गुनासो आएकोले चश्मा पसलहरु अनुगमन गरेको अनुगमन समितिका सदस्य रोशन मैंया सुवालले बताउनु भयो ।

अनुगमनमा बजारमा भक्तपुर लक्ष्मी अप्टिकल नगरपालिकामा दर्ता नभएकोले तीन दिन भित्र दर्ता गर्न र चश्माको मुल्य सूचि नराखेका, जथाभावी मुल्य लिएको, खरिद विल नदेखाएको, नाफाको धेरै लिई विक्रि गरि ग्राहकलाई ठगेकोेले मुल्य सुचि राख्न र जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति लिन निर्देशन दियो । त्यस्तै लक्ष्मी अप्टिकलले चश्माको मुल्य सूचि नराखेका, जथाभावी मुल्य लिएको, खरिद विल नदेखाएको, नाफाको धेरै लिई विक्रि गरि ग्राहकलाई ठगेकोेले मुल्य सुचि राख्न निर्देशन दियो । त्यस्तै भक्तपुर अप्टिकल दर्ता नविकरण गर्नुपर्ने, साइन बोर्ड राख्नुपर्ने, प्रमाणपत्रहरु पसलमा देखिने गरी भित्तामा राख्नुपर्ने, जिल्ला जनस्वास्थ्यबाट स्विकृति राख्नुपर्ने, अप्टिकल फिटिड्ड तालिम लिनुपर्ने निर्देशन दियो ।
त्यस्तै ओरिएन्टल अप्टिकल एण्ड फर्मेसी तीन दिन भित्र दर्ता गर्न, स्वास्थ्य कार्यालयमा स्विकृति लिन, प्यानमा दर्ता गर्न, अप्टिकल फिटिड्डको तालिम लिनुपर्ने, मुल्य सूचि राख्नुपर्ने, खरिद विलहरु देखाउनुपर्ने निर्देशन दियो । त्यस्तै मोडेल अप्टिकल फिटिड्डको तालिम लिनुपर्ने निर्देशन दिई आएकोे जनस्वास्थ्य जिल्ला समुदायक आ“खा अस्पतालका डाक्टर धिरज अधिकारीले  बताउनु भयो ।

भेटनरी पसलहरु औषाधि विभागको अनुमति बिना संचालन भएको र पसलमा औषाधि दिने व्यक्तिहरु फार्मासिष्ट वा औषाधि विभागको अनुमति पत्र पाएका व्यक्तिहरुले मात्र औषाधि विक्रि वितरण गर्न पाउनेमा जो कोहीं बसेर औषाधि विक्री गर्ने गरेको साथै डाक्टरहरुले मात्र चलाउने पाउने बेहोस गर्ने औषाधीहरु र पशुहरु मार्नै पर्ने अवस्थामा मात्र प्रयोग गर्ने औषाधिहरु जथाभावी विक्री वितरण भएको गुनासो आएकोले भेटनरी पसलहरु अनुगमन गरेको भेटनरी डाक्टर (ईन्टर्न भेट फोर योर पेट) पंकज खनालले बताउनु भयो ।

भेटनरी पसल अनुगमनमा राम पासा भेटनरीमा म्याद नाघेको औषाधिहरु अक्सल १ वटा, रिलेफ ६ पाकेट, फायर कम कुम १ पाकेट, कोलिकेयर १ पाकेट, माइकोबाइण्डर १ वटा, अर्निका स्याम्पु १ वटा, मेगालिव १ वटा, फ्लोवाक १ वटा जफत गरी नष्ट गरियो । त्यस्तै पासा भेटनरीमा म्याद नाघेको नोटिक ११ वटा जफत गरी नष्ट गरियो भन्ने कागजातहरु पसलमा नभएकोले तीन दिन भित्र कागजात लिएर नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।

त्यस्तै पशुपन्छि औषाधि पसलमा म्याद नाघेको औषाधिहरु लारुटान डापर ६१ वटा जफत गरी नष्ट गरियो । त्यस्तै उज्वल भेटनरी सेन्टरमा म्याद नाघेको सामानहरु जाइलाजिन इन्जेक्सन १ वटा, मोल्फेन  ६ पाकेट, माइक्रोगार्ड ७ बट्टा, बोरिक एसिड २४ पाकेट, माइक्रोडिन १ वटा, लेमोक्स १० वटा, जाइला १ वटा जफत गरि नष्ट गरियो भने औषाधि पसलमा बसिराखेका डाक्टरको काउन्सिल अनुमति पत्र नभएकोले उक्त कार्ड लिएर कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै विलस भेट फर्मा तीन दिन भित्र दर्ता गर्न र म्याद नाघेको औषाधिहरु आइबिएनडि १ वटा, भोल्भाक १ वटा, लाभाओ कोहाइजा १ वटा, टिलभेट १ वटा, क्लोरटेट्रेल १ पाकेट जफत गरि नष्ट गरियो भने पसलको औषाधि विभागको अनुमति लगायत कागजात पसलमा नभएकोले कागजात सहित कार्यालयमा उस्थित हुन निर्देशन दिएको भक्तपुर नगरपालिकाका वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।  

अनुगमनमा अनुगमन समितिका सदस्य रोशन मैया सुवाल, भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, जनस्वास्थ्य जिल्ला समुदायक आ“खा अस्पतालका डा. धिरज अधिकारी, (ईन्टर्न भेट फोर योर पेट)का डा.पंकज खनाल, महानगरीय प्रहरी प्ररिसरका प्र.स.नि. अमित दण्डेखु, उद्योग वाणिज्य संघका विश्वराम दुवाल, भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र भक्तपुरका रुपेश आलेमगर र राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, घरेलु कार्यालयका सिताराम त्वायना सहभागी थियो ।
 


...

All Comments.......


Please Login/Register To Comments