भक्तपुर चेम्बर अफ कमर्शले महानगरीय प्रहरी परिसर भक्तपुरका नवनियुक्तप्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच भक्तपुरमा स्वागत गरेको छ ।

सो अवसरमा उद्यमीव्यवसायीको तर्फबाट स्वागत गर्नुहुदै भक्तपुर चेम्बर अफकमर्शका अध्यक्षश्री न्हुछे रत्नमानन्धरले जिल्लाका सबै तहकाउद्यमीव्यवसायीको व्यवसायिक हकहित र प्रवद्र्धनका लागि चेम्बर क्रियाशिल रहेको जानकारी गराउनु भयो । साथै वहाले विगतकादिनदेखिनै आर्थिक क्षेत्रको सुरक्षामाप्रहरी प्रशासनको भूमिकाप्रशंसनिय रहेको र आगामीदिनहरुमाअझ बढि साथ सहयोग प्राप्तहुने विश्वास रहेको बताउनु भयो ।

नवनियुक्तप्रहरी उपरीक्षकश्री शिवकुमार श्रेष्ठलाई मायाको चिनो हस्तान्तरण गर्नुहु“दै अध्यक्षश्री मानन्धरले सफलकार्यकालको शुभकामना समेत व्यक्त गर्नु भयो ।
सो क्रममा आफ्ना भनाईहरु राख्नुहुंदै नवनियुक्त प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले प्रहरी र समुदायको प्रत्यक्ष साझेदारीबाट मात्रै शान्ति सुरक्षादिगो र मजबुट हुने बताउनु भयो । शान्ति शुरक्षाको सवालमा समुदायलाई अझै पनि धेरै सचेतना आवश्यक रहेको हुदां समाजलाई सूसुचित बनाउनमा भक्तपुर चेम्बर अफकमर्शको सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका सचिवश्री सुरेन्द्र श्रेष्ठले चेम्बर अफकमर्शले आर्थिक क्षेत्रका अलावा सामाजिक क्षेत्रमा गरेको गतिविधिहरुका बारेमा जानकारी गराउनु भयो । सो क्रममा वहा“ले जिल्लाका अन्य विभिन्न संघ संस्थाहरुको सहकार्यमा कोभिड १९ लाई लक्षित गरी सञ्चालन गरेको सेवा परमो धर्म अभियानका बारेमा बोल्नु हुंदै कोभिड १९ तेश्रो लहरको सम्भावित जोखिमबाट बच्ने तयारीमा चेम्बर लागेको बताउनु भयो ।
भक्तपुर चेम्बर अफ कमर्शका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु उपस्थित रहेको उक्त कार्यक्रममा प्रहरी परिसर र चेम्बर मिलेर गर्न सकिने विभिन्न गतिविधिहरुका बारेमा छलफल समेत भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments