भक्तपुर उद्योग वाणिज्य संघले एक्स्पोर्ट फ्रम नेपाल प्रा. लि.को सहकार्यमा कोभिड १९ स्वास्थ्य मापदण्ड मुताबिक २५ जना हस्तकला तथा निर्यात व्यवसायी सम्मिलित निर्यात प्रबद्र्धन भेलाको आयोजना गर्याे । कोभिड १९ का कारण धरेलु साना तथा मझौला उद्योगहरु एबं हस्तकलाका उत्पादकहरु पनि मारमा परेका छन् । विदेशी पर्यटकहरुको आगमन ठप्प भएपछि पुरै बन्द रहेको स–साना हस्तकला व्यापारलाई पुनरोत्थान गर्न नयाँ प्रविधिको प्रयोग गर्नु नै व्यवसायलाई जीवित राख्ने उपाय हो भन्ने कुरालाई ध्यानमा राखी कार्यक्रमको आयोजना गरिएको थियो । एक्स्पोर्ट फ्रम नेपाल प्रा. लि.ले स्थानीय उत्पादनहरुलाई अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन वेभ पोर्टलको निर्माण गरी व्यापारमा मध्यस्तकर्ताको भूमिका खेल्दै आएकोछ ।

कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै कार्यबाहक अध्यक्ष श्री शिव प्रसाद मानन्धरले यस भेलाले भक्तपुर जिल्लाका स्थानीय उत्पादनहरुलाई अन्तराष्ट्रिय बजार सम्म पु¥याउन सहज हुने विश्वास व्यक्त गर्नु भयो । संघले आफ्नो लामो इतिहासका दौरान सदस्यहरुको हक हितका लागि यथेष्ट कार्य गर्दै आएको र संघले आफ्नो लक्ष्यहरु मध्यकोे एक निर्यातमूखि हस्तकलाको प्रबद्र्धन गरी समग्र जिल्लाको आर्थिक विकास गर्ने योजना अन्तर्गत आजको यस भेलाको आयोजना गरेको बताउनु भयो । कोभिड १९ का कारण थलिएको उद्योग व्यवसायको हितका लागि सम्बन्धित सरकारी निकायहरुमा नेपाल उद्योग वाणिज्य महासंघ मार्फत आवाज उठाई रहेको र उद्योगी व्यवसायीहरुलाई आवश्यक सहयोग गर्न संघ हरहमेशा तयार छ भन्नु भयो । साथै आगामी दिनहरुमा पनि यहाँको स्थानीय उत्पादनहरुको बजार प्रबद्र्धनका लागि हामीले विभिन्न अन्तरराष्ट्रिय राजदूताबास तथा कूटनैतिक नियोगहरुसित समन्वय गरी निर्यात प्रबद्र्धन तथा अन्तरराष्ट्रिय बजारको खोजी गर्ने कार्य अघि बढाइरहेको जानकारी गराउनु भयो ।  

एक्स्पोर्ट फ्रम नेपाल प्रा. लि.का बजार निर्देशक श्री श्रवण श्रेष्ठले वेभ पोर्टल माथि प्रकाश पार्नु हुँदै स्थानीय उत्पादनको प्रबद्र्धन, बजार व्यवस्थापन देखि लिएर सामान ग्राहकको हात सम्म पु¥याउन सहजिकरण गर्ने बताउनु भयो । साथै कम्पनीले न्यूनतम सेवा शुल्क लिएर सम्पूर्ण सेवा उपलब्ध गराईरहेको जानकारी गराउनु भयो । साना तथा मझौला उद्योगहरुलाई आवश्यक सरसल्लाहका साथसाथै प्रविधि सम्बन्धी जानकारी तथा अन लाइन तालिमहरुको आयोजना समेत गर्दै आएको जनाउनु भयो । कार्यक्रममा एक्स्पोर्ट फ्रम नेपालले गर्दै आएको कार्य बारे बिस्तृत जानकारी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संघका कार्य समिति सदस्य तथा आयात निर्यात प्रबद्र्धन समितिका संयोजक श्री सचिन्द्र प्रधानाङ्गले धन्यवाद ज्ञापन गर्दै यस्ता खाले कार्यक्रमले साना तथा मझौला उद्यमीहरुलाई आफ्नो उत्पादनको बजारिकरणमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । कार्यक्रममा संघका महासचिव श्री रोशनी मैयाँ धौबञ्जाले पनि कार्यक्रमको महत्व बारे प्रकाश पार्नु भएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments