अभिनेत्री तापसी पन्नु फेरी तेलुगु फिल्ममा देखिने भएकी छन् । केही समयको अन्तरालपछि उनी फेरि तेलुगु फिल्ममा अभिनय गर्न लागेकी हुन् । पछिल्लो समय २०१८ मा तेलूगु फिल्म ‘नीवेरो’ मा देखिएकी थिइन्

अहिले तापसीले ‘मिशान इम्पोसिबल’ नाम फिल्म साइन गरेकी छन् । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै टाइटलको घोषणा समेत गरेका छन् । पोष्टरमा तापसीको डी–ग्ल्यामर अवतार देखाइएको छ ।


फिल्मको स्वरुप आरएसजेले निर्देशन गर्न लागेका हुन् । फिल्ममा तापसीको मुख्य भूमिका रहनेछ । फिल्म निरन्जन रेड्डी र अन्वेश रेड्डीले निर्माण गर्न लागेकी हुन् । उनले अभिनयको सुरुवात तेलुगु फिल्म ‘झुम्मन्डी नादम’ बाटै गरेकी थिइन् ।


...

All Comments.......


Please Login/Register To Comments