सरकारी नम्बर प्लेटको गाडीमा यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा १ महिला र २ जना पुरुष सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलस्थित सूर्यविनायकबाट घ्याम्पेडाँडातर्फ जाने सडक छेउमा रोकी राखेको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेका पाइएको हो ।
पक्राउ पर्नेहरुमा गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घरभई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीय महिला छन् ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीको टोली गस्ती गर्न जाने क्रममा मध्यराति सडक किनारामा रोकी राखेको सरकारी गाडी भित्र महिला र चालक खत्री नग्न अवस्थामा थिए ।
प्रहरीलाई देख्ने बित्तिकै चालक खत्री जङ्गलमा भागेपछि जङ्गलबाटै उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चालकका नातेदार कार्की सो गाडी बाहिरैबाट फरार थिए । महिला र गाडी चालकलाई राति नै नियन्त्रणमा लिएको र फरार कार्की बिहीबार पक्राउ परेका हुन् ।
उनीहरु विरुद्ध सार्वजनिक स्थानमा सरकारी गाडी भित्र यौनजन्य क्रियाकलाप गर्ने महिला, चालक खत्री र कार्कीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल (१) नम्बरको कसुरमा सजाय हुने वृत्तका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विष्णुहरि फूँयालले बताउनुभयो ।...

All Comments.......


Please Login/Register To Comments