भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चारदोबाटो स्थित साझा पेट्रोल पम्प अगाडि बिहीबार भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ चारदोबाटोमा अरनिको राजमार्गमा काठमाडौबाट भक्तपुरतर्फ आउदै गरेको बा ९३ प ९६५२ नं. मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया पट्टिको रेलिङमा ठक्कर खाई गम्भीर दुर्घटना हुँंदा मोटरसाईकल चालक संखुवासभा चैनपुर घर भई हाल जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे बस्ने बर्ष ४३ को प्रकाश भट्टराईको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरीले घाइतेलाई उपचारका लागी नजिकैको मध्यपुर अस्पताल ठिमीमा उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत घोषणा गरिएको जनाए । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले जनाए ।...

All Comments.......


Please Login/Register To Comments