स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेञ्च क्लब पिएसजीमा आवद्ध भएका छन्। उनी सन् २०२३ सम्मका लागि पिएसजीमा आवद्ध भएका हन्।

फ्रेञ्च क्लब पिएसजीसँग दुई वर्षको सम्झौता गरेपछि रामोसले खुसी व्यक्त गर्दै आफ्नो जीवनमा ठूलो परिवर्तनसँगै नयाँ चुनौती ‍थपिएको बताएका छन्। गत महिना रामोसले १६ वर्षपछि स्पेनिस क्लब रियल म्याड्रिड छाडेका थिए।

३५ वर्षीय रामोसले रियलबाट पाँच ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जिते। उनी सन् २००५ मा सेभियाबाट रियलमा आवद्ध भएका थिए।  सेन्टर ब्याक रामोसले रियलबाट ६७१ खेल खेल्दा १०१ गोल गरेका थिए।  रामोस र रियलबीचको सम्झौता जुनको अन्त्यबाट सकिएको थियो।

सन् २०१६ देखि २०१८ सम्ममा रियलले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा रामोसले टिमको कप्तानी गरेका थिए।
...

All Comments.......


Please Login/Register To Comments