भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा लायन्स क्लब अफ भक्तपुर हर्ट एण्ड डाइबेटिक सेन्टर र ख्वप महिला समूहको सहकार्यमा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । भक्तपुर घलाते स्थित हर्ट एण्ड डाइबेटिक सेन्टरमा महिलाहरुमा देखिने पाठेघर सम्बन्धी समस्याको जाँच तथा आवश्यक सामान्य औपधीहरु वितरण गरिएको थियो ।
नियमित रुपमा पाठेघरको परिक्षण गरी समय मै उपचार गरेको खण्डमा पाठेघरको क्यान्सर हुनबाट जोगिन सकिन्छ । महिलाहरुमा लाज संकोचका कारण तथा सुविधा उपलब्ध नभई समयमै परिक्षण र उपचार नगराउँदा बर्षेनी हजारौंले क्यान्सरका कारण ज्यान गुमाउनु परेको छ । त्यसकारण महिलाहरु आफ्नो स्वास्थ्य सम्बन्धी सचेत र जागरुक हुनु पनि त्यति नै जरुरी हुन्छ । 
आफ्नो बिचार व्यक्त गर्दै संघका कार्यबाहक अध्यक्ष श्री शिव प्रसाद मानन्धरले महिलाहरु स्वस्थ नभए घर परिवार, एबं व्यवसाय पनि स्वस्थ हुन सक्दैन भन्नु भयो । त्यस्तै वहाँले महिला उद्यमी व्यवसायीहरुका साथै सर्वसाधारण महिलाहरुको लागि हितकारी यस्ता कार्यक्रमहरु समयानुकूल सञ्चालन गर्दै जाने पनि बताउनु भयो ।
शिविरमा भक्तपुरका करिब ३८ जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए भने डा. सरिता खाइजुले जाँच गर्नु भएको थियो । कार्यक्रमका संयोजक भक्तपुर उद्योग वाणिज्य संधका कार्य समिति सदस्य तथा महिला उद्यमशिलता विकास समितिका संयोजक श्री श्रीया बल्लले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यबाद दिनु भयो । कार्यक्रममा संघका महासचिब श्री रोशनी मैयाँ धौबञ्जाले पनि महिला स्वास्थ्य सम्बन्धी आफ्नो बिचार व्यक्त गर्नु भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments