भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा सानाउद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर सुनचा“दी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको अनलाईन कर विवरण दाखिला सम्बन्धी तालिम सम्पन्नभयो ।

भच्र्युअल विधिबाट आयोजना भएको उक्त तालिममा आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत श्री गगनबहादुर विके र कार्यालयकै कम्प्युटर अपरेटर श्री रुपक ढकालले अनलाईनबाट कर विवरण भर्ने तरिका र कर भुक्तानीका प्रक्रियाहरुका बारेमा तालिम प्रदान गर्नु भएको थियो ।

सो अवसरमा स्वागत मन्तव्य व्यक्त गर्नुहुंदै भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले राजस्व सम्बन्धमा नियम, कानुन र प्रक्रियाहरुबारे जानकारी नहु“दा धेरै उद्यमी व्यवसायीहरु कारवाहीमा पर्ने भएको हुंदा वहा“हरुलाई सहजिकरण गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्ने क्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बर अफकमर्शका सल्लाहकार श्री रोशन भोयद्योले मौजूदा कोरोना संक्रमणको कारण भिडभाड गर्न नहुने अवस्थामा पनि आयोजक संस्थाहरुले समयानुकुल भच्र्यूअल प्रविधिबाट तालिमको आयोजना गरि उद्यमी व्यवसायीलाई सुसुचित गराउन सक्नु प्रशंसनियकार्य भएको बताउनुभयो ।

कार्यक्रममा अर्का आयोजक संस्था भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्री प्रेम कृष्ण खर्बुजाले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुहुंदै मौजूदाप्रविधि मैत्री अवस्थामा प्रविधिको उपयोग गर्न सिक्नु पर्नेमा जोड दिनुभयो ।

विभिन्न क्षेत्रका उद्यमी व्यवसायीलगायत विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त भच्र्युअल तालिममा आयोजक संस्थाहरु भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघका अध्यक्षश्री माधव प्रसाद प्रजापति र भक्तपुर सुनचा“दी व्यवसायी संघका अध्यक्ष श्री प्रदिप रत्न शाक्यले पनि तालिमको आवश्यकताका विषयमा बोल्नु भएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments