प्रेम , घृणा , बिरक्तीको एउटा नीति कथा
सुनिल सापकोटा
महाकवि भर्तृहरि संस्कृत साहित्यको एउटा ठूलो बिद्धान मानिन्छन् । संस्कृत साहित्यको इतिहासमा उनी एक नितिकारको रुपमा प्रसिद्ध छन्। उनको रचना नीतिशतक , शृंगारशतक र वैराग्यशतक भन्ने पुस्तकले हिन्दु धर्मावलम्बीहरु लाई प्रभावित पारेको देखिन्छ । उनी उज्जयनको राजा थिए । यो ईस्वि सम्वत ५५० पूर्व तिरको कुरा हो भनिन्छ । उनी राजा चन्द्र गुप्तको ठुलो दाइ थिए अरे। उनी धर्मात्मा राजा पनि थिए । कथा यस प्रकार छ। कसैले सुन्नु पनि भएको होला।
भृर्तहरीको एउटा लोककथा धेरै प्रसिद्ध छ । उनी राजा भएको बेला राजपाठ संचालन गर्दागर्दै जीवन बाट कसरी बिरक्त भएर सन्यासी बने भन्ने यो कथाले बताउछ । जो छोटकरीमा यहाँ तपाइँहरु समक्ष प्रस्तुत गर्न चाहान्छु । मलाइ त कथा रोचक नै लाग्यो। यो कथा लाई कसै कसैले सत्य न भइ किंवदंती पनि भन्छन् ।
भृर्तहरि राजा भएको समयमा कुनै एउटा जोगिले दरवारमा आइ उनी सङ खुशी भइ उनलाई जवान नै रहि अमर पनि हुने एउटा फल खान दिएको थियो अरे। तर उनले त्यो फल न खाएर आफुले ज्यादै माया प्रेम गर्ने गरेको सुन्दर आफ्नो कान्छि ( श्रीमति )रानी पिंगला लाई सधैं जवान र राम्री देखिन्छे भनेर उक्त फलको गुण बताइ खान भनेर दिए। तर अफसोस ! रानी पिंगला चाहिँ राजा भृर्तहरी लाई भन्दा ज्यादा आफ्नो राज्यको जवान सेनापती लाई माया प्रेम गर्दी रहिछन । त्यसैले उनले त्यो फल न खाइ सेनापती लाई खान दिइन ।
तर अफसोस ! सेनापतीले पनि त्यो फल आफुले न खाएर उसले प्रेम गर्ने गरेको त्यो राज्यको शहरको एउटि राम्री वेश्या लाई खान दियो। उ रानी सङ प्रेम न गरेर त्यो वेश्या सङ प्रेम गर्दो रहेछ र उसले पनि आफ्नो प्रमिका सधैं राम्री र जवान देखिन्छे भन्ने लाग्यो। तर त्यहाँ पनि अफसोस ! वेश्याले के सोची भने यो मेरो नारकिय र दुखित वेश्या जिवनमा म किन सधैं जवान र अमर भइ रहुँ र अझ घृणाको पात्र भइ सधैं बाँचि रहुँ । यो भन्दा त राम्रो त जनता लाई हेर्ने , हाम्रो राज्यको धर्मात्मा राजा भृर्तहरी लाई नै खान दिन्छु । उनले यो खाए भने सधैं जवान र अमर रहि राज्य र जनताको भलो त गरिरहन्छन भनेर उ राजा भृर्तहरी कहाँ गइ र उनलाइ त्यो फल खान अनुरोध गरि। राजाले त्यो फल चिने , यो फल कसरी वेश्या कहाँ पुग्यो भन्ने सारा कुरा पनि थाहा पाए। अनि यो मेरो जीवन धिक्कर रहेछ भनी उनी जीवन र जगत देखि विरक्त भएर राज पाठ त्यागी सन्यासी बनी गित गाउदै गाइने जीवन बिताउदै देश देशान्तर जीवन भरी भ्रमण गर्दै रहे भन्ने लोक कथा छ ।
अत्यमा म ज्यादा लेख्तिन। कथा लामो भयो। कथा सरल छ , तर कथाको सार दार्शनिक छ , भन्ने लागेर लेखेको हुँ ।
...