मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमिका प्रदेश सांँसद डा राजेन्द्र श्रेष्ठले शनिबार जिल्लाका पत्रकारहरुलाई मिडिया टुर (मिडिया भ्रमण) गराएका छन् । आफनो सांसद विकास कोषबाट भएगरेका कामहरुको अवलोकन भ्रमण उनले गराएका हुन् ।
वागमति प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत भएका विकास निर्माणका कामहरु उनलले देखाएका हुन् । त्यस क्रममा उनले १० वटा ठाउँंमा पुगेर भइरहेका कामहरु देखाए ।
मध्यपुर थिमिको शंखधर चोकबाट सुरु भएको यात्रा बोडे निलबाराहीमा पुगेर टुंगिएको थियो । यस क्रममा उनले मगरगाउँंबाट शिक्षा विभागतिर खानेपानी लाइन पाइप विस्तार (दस लाख), नमूना फुलबारी मार्ग सुधार (२० लाख), गठाघर अरनिको वस्तीमा ढलान, ढल निकास, टेवा पर्खाल (२० लाख), नारायणविलास जाशी स्मृति प्रतिष्ठान भबन निर्माण (९१ लाख), नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल प्रशाशकीय भबन निर्माण (५० लाख), भुलागखेल कलात्मक कुटु फल्चा पुनः निर्माण (१८ लाख), हाडाल कुण्डोलबाट गाखु जोडने बाटो सुधार (२० लाख), अति विपन्न आवास कार्यक्रम वडा नं ४,७ र ८ (२० लाख), बोडे थिमिला कलात्मक फल्चा पुनः निर्माण (१८ लाख) र निलबाराही सार्वजनिक शौचाल पुनः निर्माण (३० लाख) को अवलोकन भ्रमण गराइएको थियो । यी सवै गरी कुल तीन सय लाखको योजनाको देखाइएको थियो । डा श्रेष्ठको नेतृत्वमा झण्डै तीन दर्जन वढी पत्रकारहरु सहभागी थिए ।
...

All Comments.......


Please Login/Register To Comments