भक्तपुर । भोलि सोमबारदेखि भक्तपुरभरि जोनसन एन्ड जोनसन कोभिडविरुद्धको सिंगल खोप लगाइदिन सुरु हुने भएको छ । जिल्लाका ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई सोमबार र मंगलबार गरी दुई दिन खोप लगाइदिन लागेको हो ।
स्वास्थ्य कार्यालय भक्तपुरले आइतबार गरेको कार्यक्रममा निमित स्वास्थ्य प्रमुख एवं खोप अधिकृत प्रेमकुमार श्रेष्ठले यसबाहेक अपांग, अशक्त, छुटेका स्वास्थ्यकर्मी र सफाईकर्मीलाई पनि खोप लगाइदिने जानकारी गराए ।
यो खोप एक डोज मात्र लगाए पुग्छ । त्यसकारण अगाडि एक डोज पनि नपाएकाहरुलाई पनि खोप लगाइदिने छ । यस हिसावले जिल्लाका ५० देखि ५४ बर्ष उमेर समूहका १५ हजारले यो खोप पाइने जनाइएको छ । साथै खोप छुटेका स्वास्थ्यकर्मी, अपाँग, अशक्त र सरसफाई कर्मचारी गरी थप पाच हजार गरी कुल २० हजारले दुई दिनमा यो खोप पाउने छन् ।
भक्तपुरका ४ वटै नगरपालिकाका ४० खोप केन्द्रमा खोप लगाइने जनाइएको छ । भक्तपुरका ४ नगरपालिकामध्ये भक्तपुर नगरपालिकाका दश स्थानमा, चाँगुनारायण नगरपालिकाका दश स्थान, सूर्यबिनायक नगरपालिकाका दश स्थानमा र मध्यपुर थिमि नगरपालिकाका ९ स्थनमा खोप केन्द्रको ब्यवस्था गरिएको खोप अधिकृत श्रेष्ठले बताए ।...

All Comments.......


Please Login/Register To Comments