सुनिल सापकोटा
जब मृत्युको बारेमा सोच्न लाग्छु , तब कैयौं प्रश्नहरु र जिज्ञासाहरु मेरो मस्तिष्कका कुदन थाल्छ। सन्तुष्टिको उत्तर वा समाधान देख्तिन । जिवन जो बित्यो अथवा जो अहिले  बितिरहेको त्यो त लगभग बुझें नै जस्तो लाग्छ । अहिले सम्म खासै केही छैन जस्तो लागि रहेछ । उहि पुनरावृत्ति नै छ। दुःख बढी छ सुख कम । यस्मा लगातार मन रमाउन सक्तैन । मेरो उमेरको उत्तरार्धको  अवस्थाले होला या सायद  कोरोना कहरको समाचारहरुको कारणले होला कुनै अप्रत्याशित कुनै भीषण बिपत्ति आउँनेवाला छ  जस्तो लाग्छ । मृत्यु बारे सोच्न थाल्छ । जिवनमा मृत्युु एकदिन आउनु त अनिवार्य नै छ । आखिर  जे सुकै भएर होस ।
हिन्दू धर्म दर्शनको पुर्जन्मको आश्वासनले मलाइ मृत्यु भय बाट मुक्त गर्न सकेको छैन । जब शरीर कपड़ा जस्तो हो भने  आत्माले शरीर छोडेर नयाँ शरीर धारण गर्दा पहिलेको कुराहरु स्मृतिमा रहदैन भने त्यस्को के अर्थ भयो र ?
पहिलो जिवनमा आत्मबोधको एउटा सहज अनुभव पछिल्लो जन्ममा  भए त  ठिकै  थियो  । त्यसैले  ज्ञानी – अज्ञानी , धर्मात्मा – पापी ,  राजा – रंक , आस्तिक – नास्तिक  आदि सबै मृत्यु बाट भयग्रस्त हुने कारण यो पनि होला। त्यसैले जब मरे पछी शरीर मात्र होइन  स्मृति पनि मर्छ भने  पुनर्जन्म  हुनु र न हुनुमा के फरक पर्छ होला र ?
जिवनमा धेरै  दुःखै दुःख र थोरै मात्र सुखको  अनुभूति  हुने भएको हुनाले शायद  दुःख र कष्टको लामो काल न रहोस भनेर नै होला बाबा गोरखनाथले  – “  हे ! जोगी मरो , मरन है  मिठा “  भनेर  मृत्युको  बारेमा  एउटा  कबिता लेख्नु भएको रहेछ , जो  महान दार्शनिक एवं संत(  रजनिश ) आशोको  एउटा   “ मरो हे ! जोगी मरो “ भन्ने किताबमा मैले  धेरै बर्ष  अगाडी  पढेको थिए। यो किताब मलाइ मेरा मित्र अरुणकुमार कर्णजी ले दिनु भएको थियो। त्यो कबितामा मैले जीवन भन्दा मृत्यु सुखमय हो भन्ने कुरा बुझे । दुःख होश  हुनन्जेल सम्म न हो , मृत्युमा  होश नै न रहने भए पनि दुःख भन्ने कुराको अनुभूति नै हुँदैन । त्यसैले यो दुनियाँका कतिपय रास्ट्रहरुले आत्म हत्या लाई कानुनी मान्यता दिएका होलान जस्तो मलाइ लाग्छ ।
अरु पनि आत्महत्या लाई मान्यता दिने कारणहरु होलान। खैर जे होला।
यो जिवनमा दुःखहरु बाट बचेर रहने कला  यहि वर्तमान  जिवनमा छ र मृत्यु पछी पनि जिवनको पुनरावृत्ती हुँदैन भन्ने कुराले  केही  क्षण मात्र  मलाइ सन्तोष दिन्छ । हुनत  अचेल  केही  बैज्ञानिकहरु पनि आत्मा सम्बन्धी  कुराको शोध र खोजमा लागेका देखिन्छन् । बुद्धले , महाबिरले , हाम्रो उपनिषद्ले , हाम्रा ऋषि मुनिहरुले , योगिहरुले , संतहरुले पनि दुःख बाट मुक्त हुन सम्भव छ भनेको पाइन्छ । बस् ......   हिजोआज म त्यसैको खोज गर्दैछु। इति।
धन्यवाद !...

All Comments.......


Please Login/Register To Comments