सिन्धुली – सिन्धुलीमा राष्ट्रिय कला संग्रालय निर्माण हुने भएको छ । कमलामाई नगरपालिका ३ चपैलीमा परम्परा र सँस्कृति झल्किने राष्ट्रिय कला संग्रालय निर्माण हुने कलाघर सिन्धुलीका अध्यक्ष सुमन आईडुले बताउनुभयो ।


संग्रालय निर्माणको लागि कलाघरले चपौलीमा २ रोपनी जग्गा खरिद गरिसकेको छ । करिब ६ करोड लागतमा निर्माण हुने संग्रालयमा परम्परा, सँस्कृति, शालिक, जडिबुटि लगायत करिब १० लाख भन्दा बढीका कला निमार्ण तथा अमूल्य मौलिक कलाहरु राखिने अध्यक्ष आइडुले बताउनुभयो । संग्रालयको भौतिक संरचना नेपालको नक्शा आकारको हुनेछ । १५ मिटर चौडाइ ६० मिटर लम्बाइको दुई तल्लाको भवन निर्माण हुने आइडुले जानकारी दिनुभयो । सर्बपक्षिय कला क्षेत्रको प्रतिनिधीमूलक ढंगबाट समावेश गराउदै पर्यटन प्रबद्र्धन साथै राष्ट्रिय संग्रालयको रुपमा बिकास गराइ साँस्कृतिक विद्यालयको रुपमा समेत बिकास गराइने लक्षको साथ संग्रालय निर्माण गरिने उहाँ बताउनुहुन्छ ।

संग्रालयमा दर्जन भन्दा बढी आदिबासी जनजातिहरुको संस्कृती, मौलिक पहिचान सहितको घरहरु रहने छ । ऐतिहासिक, धार्मिक तथा भौगोलिक पर्यटकिय स्थलहरुको २०० भन्दा बढि क्यानभाष चित्रहरु रहने छन् ।

यस्तै नेपाली लोपोन्मुख मौेलिक लोकबाजाहरुको अवलोकन तथा अध्ययनको लागी बाजा घर,नेपाली मौलिक लोक तथा दोहोरी भाकाहरुकोबारेमा जानकारी तथा गाउनको लागी रोधी घर, विभिन्न जाति बिशेष मौलिक झाक्री नृत्यहरु अबलोकन तथा अध्ययनको लागी नाच घर,नेपाली साहित्यिक श्रष्टाहरुको सृजना अबलोकन तथा अध्ययनको लागी पुस्तकालय घर हुने अध्यक्ष आइडु बताउनुहुन्छ ।

संग्रालयमा काठ, जरा, बास तथा ढुंगाबाट बनेका प्रतिबिम्बात्मक आकर्षक २०० भन्दा बढी कला, नेपालका प्रमुख पर्यटकिय महत्वपुर्ण धार्मिक स्थलहरुको कलात्मक नमुना मुर्ति स्तम्भ,राष्ट्रिको निम्ती योगदान दिने राष्ट्रिय बिभुती सहिदहरु तथा अन्य महापुरुषहरुको सालिक, कला, सृजनात्मक क्षेत्रमा अतुलनिय योगदान गर्नुहुने स्वर्गीय श्रष्टा सर्जकहरुको सालिक, नेपाली मौलिक कला, सस्कृति विशेष सुचना जानकारी तथा अबलोकनको लागी बृतचित्र घर रहनेछ । नेपालमा पाईने अमुल्य जडिबुटि तथा बनस्पतिको अबलोकनको लागी जडिबुटि घर हुने छ ।

साथै नेपालमा पाईने दुर्लभ जिवजन्तुहरुको जानकारी तथा जनावरहरुको आकर्षक मुर्तिकला,परम्परागत घरेलु कृषि सामाग्रीहरुको संरक्षण प्रदर्शनको घरेलु कृषि सामाग्रीहरुको घर, देशको भु–भाग अनुसार गरिने कृषि कार्यहरुको पहिचान झल्कने कलात्मक मुर्तिकला, कलात्मक सगरमाथा सहितको राष्ट्रिय झण्डा, र गोर्खालीको पहिचान ठुलो खुकुरी र सिन्धुलीको पहिचान नेपालको मौलिक फल जुनार र राष्ट्रिय फुल लालिगँरासको बगैचा हुने छ ।

वीर नेपालीहरुले अग्रेजीहरुलाई परास्त गरिएको स्थान सिन्धुलीगढीको नमुना, नेपालको नक्शाकंन कला घरको पर्खालमा देशको सम्पुर्ण पक्षको प्रतिनिधित्व गर्ने ज्ञानबद्र्धक सचेतनामुलक ४०० भन्दा बढी कलात्मक चित्रहरु कोरिने, नेपाली कला संस्कृति सम्बन्धी प्रशिक्षण, शैक्षिक भ्रमण तथा अध्ययन अध्यापनको वातावरण सृजना गरिने, सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई गीतका सर्जक स्वर्गिय कृष्णबिक्रम थापाको सालिक हुने र नेपाली परम्परागत मौलिक खेलहरुको अबलोकन अध्ययन तथा प्रशिक्षण गर्ने पाइने आइडुले बताउनुभयो । ऐतिहासिक स्थल सिन्धुलीगढीबाट नजिकै निर्माण हुने कला संग्रालयले पर्यटन भित्र्याउन महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनुहुन्छ ।
...

All Comments.......


Please Login/Register To Comments