भक्तपुरको सुर्यविनायकमा कंकाल फेला परको छ। सूर्यविनायक नगरपालिका. ७ गुण्डु स्थित सूर्यविनायक जंगलमा रहेको काफलको रुखमुनि मानव शरिरको जस्तो देखिने हड्डी कंकालहरु फेला परेको प्रहरीले जनाएको छ।


महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले काफलको रुखको कापोमा पहेलो नाम्लो सहित हरियो नाइनलको डोरी झुण्डि रहेको  सोही रुखको तल भुईमा मानवको जस्तो देखिने २ वटा लामो लामो हड्डीहरु रहेको, रातो रंगको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरु यत्रतत्र छरिएर रहेकोले कानून बमोजिम घटनास्थल मुचुल्का गरी उक्त कंकाल÷हड्डीहरुलाई संकलन गरी परिक्षणको लागी काठमाण्डौ मेडिकल कलेज दुवाकोट, भक्तपुरमा पठाइएको, घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको ।
 
    घटनास्थलको नजिकै फेला परेका सामानहरु ः–
१. रातो रंगको म्याजिक चप्पल (अन्दाजी ७÷८ नम्बर) १ जोर,
२. ब्मष्मबक लेखेको कालो ट्राउजर १ थान,
३. कालो हुक १ थान,
४. हाप बाहुला भएको सेतो टिर्सट १ थान,

यस प्रकारको कपडा लगाएको मानिस हराएको भएमा यसै सूचनालाई आधार मानी निम्न मोबाइल नम्बरमा सम्पर्क गरी प्रहरी अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ ।
–    महानगरीय प्रहरी परिसर, भक्तपुर – प्र.ना.उ. दिपक गिरी             ९८५१११४८२१
–    महानगरीय प्रहरी बृत जगाती भक्तपुर – प्र.ना.उ. राजेश थापा

...

All Comments.......


Please Login/Register To Comments