काभ्रे स्थायी घर भई काठमाडौ बाफल वस्ने समाजसेवी ताराबहादुर कुँंवरद्धारा लिखित हजुरलाई नमस्ते नामक पुस्तकको अडियो शनिबार राजधानीमा एक कार्यक्रमवीच शनिबार सार्वजनिक गरिएको छ । २०७३ सालमा प्रकाशित पुस्तकको अडियो सार्वजनिक गरिएको हो । अर्थात् पुस्तक पढ्न नपर्ने गरी पढिएको पुस्तकको आवाज सार्वजनिक गरिएको हो । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्वीच थिचेर पुस्तकको अडियो सार्वजनिक गरेका हुन् ।


कार्यक्रममा लेखक कुँवरले यसअघि नै पुस्तकको रुपमा प्रकाशित भए पनि वर्तमान समयमा सवै व्यस्त हुने भएकाले पुस्तक पढ्न नभ्याउनेहरुका लागि पुस्तकको अडियो सार्वजनिक गरिएको जानकारी गराए । ‘अडियो भएपछि पुस्तक पढ्न भनी काम वन्द गरेर वस्नुपरेन, गाडीमा, राति सुत्दा जे गर्दा पनि काम गरीगरी सुन्न सकिने भएकाले पुस्तकको अडियो सार्वजनिक गरेको हुँं, लेखक कुँंवरले कार्यक्रममा भने । अडियो नौ घण्टाको रहेको जनाइएको छ । फुर्सद मिलाएर दिनमा एकएक घण्टा सुनेर नौ दिनमा पुस्तक पूरै सुन्न सकिने कार्यक्रममा जनाइयो । पुस्तक युटयुवमा गएर सुन्न सकिने जनाइयो ।

कार्यक्रममा कुँंवरद्धारा नै लिखित अर्काे नयाँं पुस्तक ‘निरन्तर समाजसेवा’ पनि विमोचन गरिएको छ । आफूले गरेको समाजसेवा प्रमाणका रुपमा देखाउनुका साथै नयाँं पुस्तामा समाजसेवाको महत्व झल्काउन पुस्तक प्रकाशन गरेको लेखक कुँंवरले जनाए ।

कुवर समाजसेवी हुन् । उनकै अगुवाईमा निरन्तर काठमाडौंको चक्रपथ सफाई हुँंदै आएको छ । साथै पछिल्लो पटक उनले हजुरलाई नमस्ते परोपकारी अभियानमार्फत समाजसेवाका काम गर्दै आएका छन् । यस अन्तर्गत उनको अभियानले कोभिडपीडितलाई राहत वितरण, गाउँंगाउँंमा स्वास्थ्य सेवा, रक्तदानलगायतका विभिन्न समाजसेवाका कार्यक्रमहरु निरन्तर गर्दै आएका छन् । कार्यक्रममा विभिन्न समाजसेवीहरुलाई पनि सम्मानित गरिएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments